काठमाडौंबाट सम्पर्क मञ्चका केन्द्रीय सदस्य रायमाझी गिरफ्तार

काठमाडौं :  प्रतिनिधि र प्रदेश सभाको चुनाव नजिकै गर्दा सुरक्षा चुनौती रहेको भन्दै प्रम देउवाकाे ठाडाे निर्देशन चुनाव खारेजी अभियानमा सशक्त रुपमा अगाडी बढाएको नेकपाका नेताकार्यकर्ता पक्राउ तीव्र पारेकाे छ ।  यसैबिच नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति,नेपालका केन्द्रीय सदस्य एलके रायमाझीलाई प्रहरीले गिरफ्तार गरेको छ । रायमाझीलाई काठमाडौंको मध्यबानेश्वरस्थित निवासमा बसिरहेको अवस्थामा सोमबार बिहान ९ बजे गिरफ्तार गरेको हो । आफ्ना कार्यकर्ता विनाकारण गिरफ्तार गरिएकोप्रति उक्त मञ्चका अध्यक्ष तथा सम्पर्क मञ्चका सेक्रेटरी रत्न मगरले आपत्ति जनाएका छन् । साथै उनले पक्राउ परेकाहरुलाई विना सर्त रिहाइको माग पनि गरेका छन् ।

२०७४ मंसिर ५ गते  साँझ ५ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :