स्याङ्जा र तनहुँबाट नेकपाका २ कार्यकर्ता गिरफ्तार

काठमाडौं :  सोमबार करिव १२ बजे स्याङजाको वालिङ नगरपालिका १३, बस्ने नेकपाका कार्यकर्ता धुर्व गौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । नगरपलिका १३, स्थित बायाटारी बजारबाट २६ वर्षे गौडेललाई लु ५प ९४०३ नम्बरको मोटरसाइकिलसहित सादा पोसाकमा आएको प्रहरी टोलीले पक्राउ गरिएको हो । सोमबारै करिव ११ बजे तनहुँ व्यास नपा २, भोर्लेटारचोकबाट नेकपा निकट अखिल (क्रान्तिकारी)की जिल्ला कोषाध्यक्ष तथा आदीकवि भानुभक्त क्याम्पसका सचिवसमेत रहेकी २२ वर्षिया बिमला आलेलाई प्रहरीले गिरफ्तार गरेको छ ।

२०७४ मंसिर ५ गते दिउँसो ३: ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :