किसान संघका अध्यक्ष पुष्प कार्की पक्राउ

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीका अखिल नेपाल किसान संघका अध्यक्ष एवं पार्टीका जिल्ला सदस्य पुष्प कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार दिउँसो सरन्कोटबाट गिरफ्तार गरि बैदाम प्रहरी चौकीमा राखिएको जनाइएको छ । यस्तै नेकपाका नेता कार्यकर्ता गिरफ्तार पर्नेहरुमा कास्कीबाट मात्र १९ जना रहेका छन् । गिरफ्तार नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय बगरलगायत ठाउँमा राखिएको खबर छ ।

२०७४ मंसिर ५ गते १ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :