गोरखामा कांग्रेस कार्यकर्तामाथि आक्रमण

रमाकान्त बास्तोला / पोखरा : मंगलबार बिहान ९ बजे एमाले र माकेका कार्यकर्ताले कांग्रेसको निर्वाचन प्रचार सामग्री जलाइ दिएका छन् । चुमनुब्री गाउँपालिका ३, स्थित सल्लेरीमा नवीन गुरुङको झोलामा रहेको कांग्रेसको झन्डा, पोस्टर, पर्चा, पम्प्लेट खोसेर जलाइदिएको कांग्रेस कार्यकर्ता सुर्य गुरुङले जानकारी दिए । गुरुङ, उनका छोरा दोर्जे र आफन्त पेमामाथि आक्रमणसमेत गरेको उनले बताए । आक्रमणबाट घाइते भएकाहरूको सिर्दिबास स्वाथ्य चौकीमा उपचार भइरहेको गुरुङले बताए  ।
२०७४ मंसिर ५ गते दिउँसो १ २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :