रौतहटमा बम विष्फोट / २ गम्भीर घाइते

काठमाडौं : रौतहटको चन्द्रपुर नपा ५,मा भएको बम विष्फोटमा ११ जना घाइते भएका छन् । बाम गठबन्धनले भेला आयोजना गरेको ठाउँ नजिकिकै बम विष्फोट भएको रौतहट चपुरबाट पत्रकार फणी महतले बताएका छन् । विष्फोटमा परी घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । सरिता राई र जैविक राई गम्भीर घाइते भएको जिप्रका रौतहटका प्रवक्ता डीएसपी रामकुमार दानीले बताएका छन् । विष्फोटमा परी घाइते हुनेमा सीता राई, लक्ष्मी राई रत्नबहादुर विक, गोपाल विक, दिलमाया राई, यमुना काफ्लेलगायतको रहेका छन् । घाइतेहरुलाई थप उपचारको लागि काठमाडौं ल्याएको बताएका छन् ।

२०७४ मंसिर २ गते बेलुका ६ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :