रोल्पामा गोली चल्यो / घाँसी पनि गिरफ्तार

काठमाडौं : एमाले – माके गठबन्धनको आयोजनामा रोल्पाको इरिबाङमा आयोजना गरिएको चुनावी सभामा दोहोरो गोली हानाहान भएको छ । अज्ञात समूहले गोली प्रहार गरेपछि जवाफी कारवाहीस्वरुप गोली गोली चलाउनु परेको प्रहरीको दाबि छ । घटनापछि पूर्वअर्थमन्त्री वर्षमान पुनसहितको चुनाव प्रचार टोली कार्यक्रम स्थगित गरेर फर्केको थियो । घटनापछि प्रहरीले वनबाट घाँस काटेर फर्केका ३ जना घाँसीलाईसमेत हिरासतमा लिएको थियो । पछिल्लो घटनालाई लिएर आइतबार बसेको निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय गरेको छ । यता निर्वाचन आयोगले सरकारको सुरक्षा व्यवस्थाको आलोचना गरेको छ ।

२०७४ कात्तिक २७ गते दिउसो १: ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :