शिक्षक संगठनका नेतासहित २ गिरफ्तार

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिदै गर्दा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको गिरफ्तारी तीव्र पारेको छ । सोमबार बिहान प्युठानको गौमुखी गाउँपालिका स्थित ठूलाबेशीबाट अखिल नेपाल शिक्षक सङ्गठनका प्युठान अध्यक्ष जागेश्वर आचार्यलार्ई प्रहरीले गिरफ्तार गरेको छ । आचार्यलाई ‘भेटघाट छ भन्दै बोलाएर सोमबार गिरफ्तार गरेको’ हो । आचार्य गौमुखी गाउँपालिका स्थित एक माविमा अध्यापन गराउने शिक्षकसमेत हुन् । त्यसैगरी पाँचथरबाट नेकपाका कार्यकर्ता जितबहादुर लिम्बुलाई प्रहरीले विनाकारण गिरफ्तार गरेको छ । उनलाई सोमबार बिहान गिरफ्तार गरेको हो ।

२०७४ कात्तिक २७ गते विहान १०ः५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :