लम्जुङ सेक्रेटरीसहित ३ गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, लम्जुङका सेक्रेटरी सन्तोष कोइराला सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई आइतबार लम्जुङबाट गिरफ्तार गरिएको हो । पक्राउ पर्ने  अन्य नेताहरुमा पार्टी जिल्ला सदस्यद्वय टेकतारा र गोविन्द रहेका छन् । टेकतारा  तमुवान स्वायत्त जनसरकार प्रमुख हुन् l

यसैबीच प्राप्त जानकारी अनुसार, प्रहरीले हालसम्म कास्की जिल्लाबाट १० जना र गोर्खा जिल्लाबाट ४ जनालाई गिरफ्तार गरेको छ । शनिबार राती पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटस्थित लामा गाउँमा मशाल जुलुस गर्न लागिरहेको अवस्थामा नेकपा कास्कीका सदस्यद्वय परिवर्तन, रामकाजी गुरुङ लगायत ९ जना लाई गिरफ्तार गरेको थियो भने सोही दिन बिहान पार्टी जिल्ला सदस्य बिजय अधिकारी र काजी गुरुङलाई पनि गिरफ्तार गरी हिरासतमा राखेको थियो l 

२०७४ कात्तिक २५ गते साँझ ९ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :