प्युठानबाट नेकपाका नेताकार्यकर्ता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रीय सदस्य हरि बस्नेत र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा युवाको पनि केन्द्रीय सदस्य पदम पोखरेललाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई बाटोमा हिडिरहेको अवस्थामा आइतबार प्युठानबाट प्रहरीले गिरफ्तार गरेको हो । भर्खरै प्राप्त अनुसार नेकपा, प्युठानका सचिवालय सदस्य गीरुप्रसाद भुसाल ‘परिवर्तन’लाई प्रहरीले ‘भेटघाट छ भन्दै बोलाएपछि’ गिरफ्तार गरेको समाचारमा जनाएको छ । उनलाई आफ्नै ग्रिल उद्योगबाट प्युठान प्रहरीले गिरफ्तार गरेको बताएको छ ।

२०७४ कात्तिक २६ गते साँझ ६ :१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :