नेकपाको अवरोधको कारण रोल्पामा एमाले–माओवादी केन्द्रको चुनावी सभा विथोलियो

काठमाडौं : माओवादी केन्द्र नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ नेतृत्वको एमाले–माके गठबन्धनद्वारा आइतबार रोल्पाको बागमारा आयोजित चुनाव सभा विथोलिएको खबर छ । नेता वर्षमानको टोली र नेकपाका कार्यकर्ता बीच दुई खोलीमा दुई घण्टासम्म ढुङ्गा हानाहान तथा लखटालखट भएको बताएको छ । चुनावी सभा विथोलिएपछि अनन्तको टोली अहिले दुई खोलीमा प्रहरीको घेराभित्र बसेको खबर छ ।

२०७४ कात्तिक २६ गते अपरान्ह ४ : ०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :