नेकपाका नेताहरुलाई अदालतको सफाई

काठमाडौं : शरीर बन्धक तथा अपहरणको आरोपमा तारेख खेपिरहेका नेकपा ललितपुरका स्थानीय नेताहरु सुरेश लामा र रामबहादुर तिरुवालाई ललितपुर जिल्ला अदालतले सरकारी आरोप खारेज गर्दै गत बुधबार सफाई दिएको छ । माननीय न्यायाधिश गणेश बास्तोलाको एकल इजलासले सो सफाई दिएको हो । नेताद्वयको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिल पोखरेल, अधिवक्ता खिमानन्द अधिकारी, अधिवक्ता तथा ललितपुर बारका निवर्तमान अध्यक्ष प्रकाश महर्जन, ललितपुर बारका निवर्तमान सचिव अधिवक्ता उज्वल शुक्ल, ललितपुर बारका अध्यक्ष अधिवक्ता दीपक विष्ट, ललितपुर बारका सदस्य अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

२०७४ कात्तिक २५ गते अपरान्ह ५ः०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :