देशभक्त नेता रहेनन्

काठमाडौं : नेपालका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको आज (शनिबार) सानो गौचरणस्थित आफ्नै निवासमा ९० वर्ष ११ महिना उमेरमा निधन भएको छ । पशुपति आर्यघाटबाट वहाँका सुपुत्र डा. विनोद विष्टले सो दुःखद घटनाको जानकारी दिए । आजै दिवंगत विष्टको अन्तिम संस्कार गरिएको छ । जनतन्त्र र नागरिक अधिकारका दृष्टिले विष्टलाई आलोचना गरिए पनि २०२६ सालमा नेपालबाट भारतीय सेना हटाउने कार्यमा उनको मुख्य भूमिका थियो । देशभक्त नेपालीले त्यो देशभक्तिपूर्ण कार्यका लागि उनलाई लामो समयसम्म सम्झिरहने छन् ।

२०७४ कात्तिक २५ गते अपरान्ह ३ः४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :