पोखरा र म्याग्दीमा नेकपाका कार्यकर्ता गिरफ्तार

पोखरा : नेपाल कम्युनिस्ट पार्टी, कास्कीका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष काजी गुरुङ, कास्की जिल्ला सदस्य विजय अधिकारी लगायत तीन जनालाई शनिबार विहानै  गिरफ्तार गरेको हो । घरमै बसिरहेका बेला डाडानाक प्रहरीले विजय अधिकारीलाई र अन्यलाई पोखराबाट पक्राउ गरेको नेकपा कास्कीले बताएको छ । 

यसैगरी म्याग्दी जिल्ला सदस्य जगत पुन र प्रेम श्रीसलाई पनि शनिबार विहान प्रहरीले गिरफ्तार गरेको छ । जगत पुनलाई म्याग्दी जिल्लाको दरभाङबाट र प्रेम श्रीसलाई म्याग्दी सदरमुकाम बेनीबाट गिरफ्तार गरिएको हो । ट्याक्सी चालकसमेत रहेका श्रीसलाई ट्याक्सीसहित पक्राउ गरी बेनी प्रहरी चौकीमा लगिएको छ ।

२०७४ कत्तिक २५ मध्यान्ह १२ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :