पूर्वगृहमन्त्रीको प्रचार सवारीमा बम विस्फोट

काठमाडौं : केही समय अगाडिसम्मका गृहमन्त्री तथा वर्तमान विना विभागीयमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रचार सवारीलाई लक्षित गरी बम विस्फोट भएको छ ।

वाम गठवन्धनका साझा उम्मेदवार शर्मा रुकुमको चौरजहारीबाट खलंगा फर्कदै गर्दा चौरजहारी नपामा पर्ने गोइरी भन्ने ठाउँमा २ वटा बम प्रहार भएको थियो । प्रहार भएका २ बममध्ये एउटा विस्फोट भएको प्रहरीले जनाएको छ । बम कसले र किन प्रहार ग¥यो भन्ने विषयमा थाहा हुन सकेको छैन । विस्फोट लगत्तै घटनास्थलमा नेपाली सेना पुगेको थियो ।

ठुलै दलबलसहित चुनाव प्रचार अभियानमा खटेका शर्माले सत्ता र शक्ति दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता विपरित कार्य गरिरहेको टिप्पणी हुने गरेका छन् । उनले आफ्नो ब्यक्तिगत सुरक्षाको लागि पाएको सुविधाबाहेक अन्य ७ जना असईको नेतृत्वमा प्रहरीलाई वरिपरि लगाउने गरेको बताइन्छ ।

केही समय अगाडि सम्पन्न भएको स्थानीय निकायको चुनावमा शर्माले करोडौं रकम मतदाता र अन्य दलका कार्यकर्तालाई वितरण गरेको चर्चा भएको थियो । शुक्रबार भएको बम विस्फोटको घटना पछिवाम गठवन्धनका लागि बनेको पार्टी एकता संयोजन समिति रुकुमका इन्चार्ज शेरबहादुर केसी र राजकुमार शर्माले एक प्रेस विज्ञप्ति निकाली घटनाको विरोध गरेका छन् ।

२०७४ कात्तिक २४ गते अपरान्ह ४ : ४४मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :