कांग्रेसको जनसभा विथोलियो

काठमाडौं : झूठो आश्वासनमात्र बाँडेको भन्दै मकवानपुरका स्थानीयले बिहीबार प्रदेश सभाका लागि प्रत्याशी इन्द्र बानियाँको चुनावी सभा विथोलेका छन् । मनहरी १, मकरीपर्दामा साँझ ५ बजे पुगेको बानियाँको चुनाव प्रचार टोलीलाई स्थानीयले ढुङ्गामुढा गरेपछि चुनावी सभा हुन सकेन । कांग्रेसले कमल थापालाई सघाउने भएपछि कांग्रेसका पूर्व सभासद तथा पूर्व गृहराज्यमन्त्री बानियाँ प्रदेश सभाको उम्मेदवार भएका हुन् ।

२०७४ कात्तिक २४ गते अपरान्ह १२ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :