सरकार निरङ्कुश बन्दैछ : सुदर्शन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सरकार निरङ्कुशरुपमा प्रस्तुत हुन थालेको बताउनुभएको छ । मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बुलाई प्रहरीले अस्पतालको शैयाबाटै गिरफ्तार गरेपछि शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता सुदर्शनले दलाल संसदीय व्यवस्था सम्हालिरहेको सरकार लोकतन्त्र र मानव अधिकारको ढोल पिट्दै निरङ्कुश रुपमा प्रस्तुत हुन थालेको बताउनु भएको हो । वहाँले संसदीय व्यवस्थाको अन्त गरी वैज्ञानिक समाजवादी व्यवस्थाको विकल्प प्रस्तुत गर्नु नेपाली जनताको मौलिक अधिकार भएको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा सन्तकुमार लिम्बुलगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई विनाशर्त रिहाईको माग पनि गरिएको छ । सो सम्बन्धमा जारी विज्ञप्तिको पूर्णपाठ–

२०७४ कात्तिक २४ गते विहान ११ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :