अस्पतालकाे शैयाबाटै गिरफ्तार

विराटनगर : विराटनगर न्युरो अस्पतालमा भर्ना भई उपचार गराइरहेका नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’ लाई विहीबार बेलुका प्रहरीले अस्पतालको शैय्याबाटै गिरफ्तार गरेको छ । लिम्बु गत कात्तिक १६ गते काम विशेषले झापाबाट ताप्लेजुङ सदरमुकाम फूङलिङ जाँदै गर्दा पाँचथरको सिंगापुरमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनले उपचार गराइरहेकै समयमा प्रहरीले बिनाकारण पक्राउ गरेको नेकपाका मोरङ जिल्ला इन्चार्ज पुस्करले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :