महाकाली पनि खारेजी अभियान तीव्र

पदम बोहरा / महेन्द्रनगर : नेकपाले महाकालीका चारै जिल्लामा चुनाव खारेजी अभियान तीव्र पारेको छ । चुनावको मिति नजिकिदै जाँदा सो पार्टीले महाकालीका दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा चुनाव खारेजी अभियान तीव्र पारेको पारेकोे छ ।  नेकपा महाकाली ब्युरोेले संसदीय व्यवस्थामा हुन लागेको निर्वाचनमा शसक्त रुपमा खारेजीका लागि चारै जिल्लामा अभियान तिव्रत्तर रुपमा अघि बढाएको छ ।

नेकपा कञ्चनपुरका कार्यालय सचिव बिरेन्द्र शाहले कञ्चनपुरमा पनि चुनाव खारेजी अभियान भइरहेको बताए । उनका अनुसार कञ्चनपुरमा भण्डाफोर, राँके जुलुस, सभा, भित्तेलेखनलगायतका कार्यक्रम भइरहेका छन् । सचिव शाहले पार्टी केन्द्रको निर्देशनअनुसार कञ्चनपुरमा समेत चुनाव खारेजी अभियान तिव्र पारिएको बताए ।

सचिव शाहले कञ्चनपुर जिल्लाभरी खारेजी कार्यक्रम संचालन भइरहेको बताए । ‘ससदीय निर्वाचन खारेजी गरौँ, ‘दलाल, पुँजीवाद, मूर्दावाद, एकीकृत जनक्रान्ति जिन्दाबाद, नेकपा जिन्दावाद’ नाराका साथ अभियान संचालन भइरहेको छ । संसदीय व्यवस्थामा हुने निर्वाचनले फेरी पनि मुलुक संकटमा पर्ने नेकपा कञ्चनपुरका नेताहरुको दाबि छ ।

२०७४ कार्तिक २३ गते बेलुका ६ ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :