
काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिंर्दै गर्दा प्रहरीले नेकपाका कार्यकर्ताहरुको गिरफ्तारी तीव्र पारेको बेला आज (बुधबार) विराटनगरबाट दुई जनालाई गिरफ्तार गरेको छ । विराटनगरस्थित न्युरो अस्पतालमा स्वास्थ्य उपचार गराइरहेका नेता सुमनलाई भेट्न जाँदा जितेन्द्र महरा ‘महाविर’ र विकास थापालाई मोरङ प्रहरीले गिरफ्तार गरेको हो । नेकपा कोशी ब्युरो ईन्चार्जले विज्ञप्ति जारी गर्दै विरामी भेट्न गएका दुई जना कार्यकर्तालाई गिरफ्तार गर्नु मानव अधिकार हनन् भएको बताउनुभएको छ ।
२०७४ कात्तिक २३ गते साँझ ६: १८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्