राेल्पामा नेकपा र एमाले–माके गठबन्धनबीच झडप !

जैमाकसला/राेल्पा : विहीबार राती ९ बजेतिर सुनछहरी गाउँपालिकाको जैमाकसलास्थित पोबाङको भिरको बाटोमा चुनाव प्रचार गर्दै गएको एमाले माके गठबन्धनमाथि चुनाव खारेजी अभियानमा संलग्न नेकपाका कार्यकर्ताले आक्रमण गरेको खबर छ । बुधबार र विहीबार रोल्पाका आफ्ना नेता कार्यकर्ता पक्राउ गरेपछि आक्रोशित नेकपाका कार्यकर्ताले सो कारबाही गरेको रोल्पाबाट प्राप्त समाचारमा जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । सो घटना भएको तर विस्तृत विवरण आउन बाँकी रहेको नेकपाका राप्ती ब्युरो इञ्चार्ज सुवासले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :