काठमाडौं मेयरको चर्तिकला


काठमाडौं : विकास र समृद्धिको नारा दिएर चुनाव जितेका मेयर विद्यासुन्दर शाक्यले अरू त के काठमाडौँको फोहोरसम्म उठाउन सकेका छैनन् । बरु आफ्नो टोलीलाई खुसी पारेर चुनाव खर्च उठाउन महंगा मोबाइल किन्न हतारिए । महंगो सवारी साधन किन्न हतारो गरे । उनले झण्डै तीन महिनामा सिन्कोसमेत भाँचेको देखिन्न । धुलो, धुवाँ धरापसरी खाल्डा, ट्राफिक जाम झन् बढेको छ । सडकपेटी, पसल बजारझैं छन् । स्वास्थ्य, शिक्षा, यातायात नागरिक सुरक्षामा झन् गिरावट छ । घुसखोरी र भ्रष्टाचार झनै बढेको अवस्था छ । गिद्दले सिनो कुरेझैं चुनाव खर्च उठाउन कुरेर–ढुकेर बसेको ठानिएको छ उनको टोली । कालोबजारी र बिचौलियाको जगजगी छ । काठमाडौँ नगरीको मुटु प्रेस र शैक्षिक संस्थाको केन्द्र बागबजारको अद्वैतमार्गमै महिना दिनदेखि थुप्रिएको फोहोर उठेको छैन भने अनेत्रको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ ।

कर्मचारीको सेवा सुविधा निर्देशिकाअनुसार पाँचौँ तहका कर्मचारीले कार्यालयको बजेटअनुसार सवारी साधन प्रयोग गर्न पाउँछन् । तर, काठमाडौँ महानगरपालिका आठौँ तहसम्मका कर्मचारीले सो सुविधा लिइरहेका छन् । काठमाडौँ महानगरमा ३२ जनाभन्दा बढी आठौँ तहका कर्मचारी कार्यरत छन् । उता महानगरका बासिन्दाको सूचनाको हक संरक्षण गर्न र जनचेतना समृद्ध गर्न चलाइएको मेट्रो एफएम घाटामा चलिरहेको छ । घाटामा धकेल्ने स्वयं त्यहाँका कर्मचारी हुन् । भ्रष्टाचार गरेर घाटामा धकेल्ने र कौडीको मोलमा आफन्तीलाई टेण्डर पारेर आफैँले कब्जा गर्ने षड्यन्त्र भइरहेको मेट्रो एफएमसम्बन्धी एकजना कर्मचारी बताउँछन् । एफएमले महानगर स्वामित्वको राष्ट्रिय सभागृहको भवन, जमिन र लोककल्याणकारी विज्ञापन उपयोग गरिरहेको छ । महानगरको अरबौँ सम्पत्तिमा मेयरका आँखा गडेको जनगुनासो छ । तर महानगरबासीको सुविधामा झनै कुनै काम भएको छैन ।

विकास र समृद्धिको नारा दिएर चुनाव जितेका मेयर विद्यासुन्दर शाक्यले अरू त के काठमाडौँको फोहोरसम्म उठाउन सकेका छैनन् । बरु आफ्नो टोलीलाई खुसी पारेर चुनाव खर्च उठाउन महंगा मोबाइल किन्न हतारिए । महंगो सवारी साधन किन्न हतारो गरे । उनले झण्डै तीन महिनामा सिन्कोसमेत भाँचेको देखिन्न । धुलो, धुवाँ धरापसरी खाल्डा, ट्राफिक जाम झन् बढेको छ । सडकपेटी, पसल बजारझैं छन् । स्वास्थ्य, शिक्षा, यातायात नागरिक सुरक्षामा झन् गिरावट छ । घुसखोरी र भ्रष्टाचार झनै बढेको अवस्था छ । गिद्दले सिनो कुरेझैं चुनाव खर्च उठाउन कुरेर–ढुकेर बसेको ठानिएको छ उनको टोली । कालोबजारी र बिचौलियाको जगजगी छ ।

काठमाडौँ नगरीको मुटु प्रेस र शैक्षिक संस्थाको केन्द्र बागबजारको अद्वैतमार्गमै महिना दिनदेखि थुप्रिएको फोहोर उठेको छैन भने अनेत्रको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । कर्मचारीको सेवा सुविधा निर्देशिकाअनुसार पाँचौँ तहका कर्मचारीले कार्यालयको बजेटअनुसार सवारी साधन प्रयोग गर्न पाउँछन् । तर, काठमाडौँ महानगरपालिका आठौँ तहसम्मका कर्मचारीले सो सुविधा लिइरहेका छन् । काठमाडौँ महानगरमा ३२ जनाभन्दा बढी आठौँ तहका कर्मचारी कार्यरत छन् । उता महानगरका बासिन्दाको सूचनाको हक संरक्षण गर्न र जनचेतना समृद्ध गर्न चलाइएको मेट्रो एफएम घाटामा चलिरहेको छ । घाटामा धकेल्ने स्वयं त्यहाँका कर्मचारी हुन् । भ्रष्टाचार गरेर घाटामा धकेल्ने र कौडीको मोलमा आफन्तीलाई टेण्डर पारेर आफैँले कब्जा गर्ने षड्यन्त्र भइरहेको मेट्रो एफएमसम्बन्धी एकजना कर्मचारी बताउँछन् । एफएमले महानगर स्वामित्वको राष्ट्रिय सभागृहको भवन, जमिन र लोककल्याणकारी विज्ञापन उपयोग गरिरहेको छ । महानगरको अरबौँ सम्पत्तिमा मेयरका आँखा गडेको जनगुनासो छ । तर महानगरबासीको सुविधामा झनै कुनै काम भएको छैन । राताे खबर साप्ताहिकबाट

२०७४ कात्तिक २३ गते दिउसो ३ : २१ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :