नेकपाका नेता दुर्घटनामा परे

विराटनगर : विराटनगरबाट ढिलो गरी प्राप्त खबरअनुसार नेकपाका केन्द्रिय सदस्य तथा मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’ मोटरसाइकल दुर्घटनामा परेका छन् । कात्तिक १६ गते झापाबाट ताप्लेजुङ सदरमुकाम फूङलिङ जाँदै गर्दा पाँचथरको सिंगापुरमा दुर्घटनामा परेका हुन् । टाउकोमा गम्भीर चोट लागेका लिम्बुको विराटनगर न्यूरो हस्पिटलमा शल्यक्रिया भैसकेको छ । उनी एक सहयोगी साथ पार्टी कामले फूङलिङ जाँदै थिए ।

२०७४ कात्तिक २३ गते विहान ११ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :