लोकमानसिंह कार्कीलाई कालोमोसो !

लोकमानसिंह कार्कीलाई अदालत परिसरमै कालोमोसो दलियाे

पुस ७/काठमाडाैं

लाेकमानसिंह कार्की आफूविरुद्ध परेको मुद्दाको तारेख बुझ्न बिहीबार सर्वोच्च अदालत पुगेका बेला उनलाई अदालत परिसरमै कालोमोसो दलिएकाे छ । कार्कीले तारेख बुझेर हस्ताक्षर गर्नेबेला उनकाे गालामा कालाे मोसो दलिएकाे हाे। कार्कीको अनुहारमा कालो दाग स्पष्ट देखिन्थ्यो । त्यसको केही समयपछि कार्की अनुहार धोएर बाहिरिएका थिए ।

कडा सुरक्षा निगरानी हुने अदालत परिसरभित्रै  कार्कीलाई मोसो दलेपछि अदालत परिसरमा हल्लाखल्ला भएको थियो। माेसाे दलेपछि नेकपा माओवादी जिन्दावाद, हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारासमेत लगाइएको थियो। घटना लगत्तै प्रहरीले प्रकाश शाही र चन्द्र बुढालाई नियन्त्रणमा लिएको छ । 

घटनाकाे जिम्मा लिंदै अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले एक विज्ञप्ति जारी गरी पक्राउ परेका साथीहरूकाे विनाशर्त रिहाइकाे माग गरेका छन् । साथै भ्रष्टाचारीमाथिकाे अाफूहरूकाे सङ्घर्ष जारी रहेकाे बताएका छन् ।lokman

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :