कासिदोरा अभियान तीव्र बन्दै

कासिदोरा अभियानकाठमाडौँः पौष ७, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पूर्वी ताम्सालिङ ब्यूरोद्वारा सञ्चालित एकीकृत कासिदोरा अभियानअन्तर्गत् सामना सांस्कृतिक कार्यक्रम काभ्रे जिल्लाको बिभिन्न गाउँ बस्तीमा सञ्चालन भइरहेको छ ।

उक्त अभियान काभ्रेको पनौतीबाट शुरु भइ कामीडाँडाबाट डाँडापारी प्रवेश गरी डाँडापारीको बिकट गा।वि।स फलामेटार, साल्मेचाकल, डाँडागाँउ, गोकुले, घर्तीछाप, फोक्सिङटार, बुढाखानी, सिपाली चिलाउने हुँ
दै काभ्रेको नगरहरुमा संञ्चालन भै रहेको छ । उक्त अभियानमा तालढुङ्गा, गोकुले उच्च मा।बि।, घर्तीछापको जनकल्याण उच्च मा।वि।, फोक्सिङटारको महादेवटार, सिपालीको घट्टेखोला लागायत विभिन्न ठाउँमा जनसभा गर्दै हाम्रो पार्टीका विभिन्न तहका नेताहरुले संसदीय व्यवस्थाको अन्त्य विना जनताको हक अधिकार सुनिश्चित नहुने ठोकुवा गर्नु भयो ।

त्यसै गरी काभ्रे जिल्ला सेक्रेटरी क। शरदले घर्तीछापको जनतालाई सम्बेधन गर्दै तपाईहरुको जनसेना फेरी हामीले तपाईहरुको गाउँ बस्तिमा लिएर आएको बताए। त्यसै गरी अखिल क्रान्तिकारीका के।स। तथा काभ्रेका अध्यक्ष क। दिनेशले गोकुले उच्च मा।वि।का विद्यार्थीहरुलाई सम्बोधन गर्दै स्थानीय जन सक्तासँग सहकार्य गरेर स्थानीय तहमा विद्यार्थीहरुको हक अधिकार सुनिश्चित गर्दै एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौं भनी अपिल गर्नु भयो ।

उक्त अभियानमा विभिन्न साँस्कृतिक नृत्य तथा नाचगानहरु प्रस्तुत गर्दै गाउँवस्तीका जनताहरुलाई फेरी अन्तिम पटक जनताको अधिकारको निम्ति लड्नु पर्ने भाव सहित आफ्नो साँङ्गितिक कोसेलीहरु प्रस्तुत गर्नु भयो । घट्टेखोला, सिपाली, काभ्रे कार्यक्रमलाई सम्बोधन गर्दे क। सागरले भने–सिपालीको जनताको बुद्धचित्त मालाको रुख जसरी काटिएको छ त्यसरी नै ति गुण्डा र तस्करहरुको हात एक–एक गरेर काटिने चुनौति दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :