माओवादीले कार्कीलाई अदालत भित्रै कालोमोसो दल्यो

lokman
काठमाडौँः पुस ७, महाभ्रष्ट अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्बोच्च अदालत भित्र प्रहरीको कडा सुरक्षा बीच कालोमोसो दलिएको छ ।

नेकपा (माओवादी)निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश शाहीले कालोमोसो दलेका हुन् ।

यो अघि पनि माओवादीले पटक–पटक लोकमानलाई कालोमोसो दल्ने प्रयास गरेको थियो तर कडा सुरक्षाको कारणले गर्दा माओवादी सफल नभए पनि यस पटक भने सरकारको महा अखडा भित्रै कडा सुरक्षा बीच पनि सफल भएको छ ।

जनताको बिचमा लोकमानसिंह कार्की भ्रष्ट भनेर बदनाम भएपनि संसदवादी दलहरुलाई एक्लै लोकमानले चुनौती दिँदै आएका थिए । लोमान बाहिरी शक्तिको आडमा चल्दै आएकाले संसदवादी दलहरु कार्की बिरुद्ध कुनै निर्णय लिन सकेका थिएनन् । माओवादीले कार्कीलाई महाभ्रष्ट्र भन्दै कारवाहीको माग गर्दै आएको थियो ।

आफुबिरुद्ध परेका रिटको पेशी बुझ्न पुगेका कार्कीलाई चन्द्र बुढा र प्रकाश शाहीले सर्बोच्च अदालतभित्र छिरेर कालोमोसो दलेका छन् । कालोमोसो दल्ने दुबैजनालाई प्रहरीले पक्राउ गरेका छन् ।

15672498_1237243179729799_7429461050345786362_n

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :