सत्ता अभ्यास गर्दै नेकपा

अम्बिका चन्द/काठमाडाैं : सरकार बस वर्ष पहिले नै असफल भइसकेको संसदीय व्यवस्थालाई पुनस्थापित गर्न चुनावी अभियानमा लागिरहेको बेला नेकपाले पनि आप्mनो जनाधार इलाकामा समानान्तर सत्ता अभ्यास गरिरहेकोे छ । नेकपाले देशका विभिन्न ठाउँमा स्वायत्त प्रदेश स्तरीय जनप्रतिनिधिसभाका बैठक, जनपरिषद्हरू गठन, पुनर्गठन र प्रशिक्षणहरू सम्पन्न गरिरहेको छ ।

यसैबीच तमुवान स्वायत्त जनप्रतिनिधिसभाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले किसानसिंह गुरुङ प्रमुख र लोकेन्द्र विक उपप्रमुख रहेको १५ सदस्यीय तमुवान स्वायत्त जनपरिषद् गठन गरेको छ । यस्तै अधिवेशनबाट शारदा शाह सभामुख र टेकबोहरा उपसभामुख रहेको ४५ सदस्यीय जनप्रतिनिधि सभा पनि गठन गरिएको छ । अधिवेशनले तमुवान स्वायत्त प्रदेशको नीति तथा कार्यक्रम र समसामयिक प्रस्तावसमेत पारित गरेको छ । केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बूढा मगरको उपस्थितिमा सम्पन्न भेला कास्कीको पोखरामा १५ र १६ गते सम्पन्न भएको हो । यसैबीच मगरात स्वायत्त प्रदेशको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगरात स्वायत्त प्रदेशअन्तर्गतको पाल्पामा सो प्रशिक्षण सम्पन्न भएको हो । मगरात स्वायत्त प्रदेशमा नन्दबहादुर बुढा प्रमुख रहेको स्वायत्त जनपरिषद् यसअघि नै गठन भइसकेको छ ।

उता पूर्वमा पनि मिथिला स्वायत्त प्रदेश जनप्रतिनिधिसभाको बैठकबाट जनपरिषद् गठन गरिएको छ । भेलाले प्रकाशराज देवकोटा प्रमुख र वशिष्ठ मिश्र उपप्रमुख रहेको ११ सदस्यीय स्वायत्त जनपरिषद् गठन गरेको छ । भेलाले मिथिला चौहान सभामुख र ठगाराम उपसभामुख रहेको ३५ सदस्यीय जनप्रतिनिधिसभा पनि गठन गरेको छ । भेलामा केन्द्रीय जनपरिषद्का उपप्रमुख पदम राई, केन्द्रीय जनप्रतिनिधि सभाका अध्यक्ष उमा भुजेल, नेकपाका जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, नेकपाका केन्द्रीय सल्लाहकार समिति सदस्य रामलखन महतोलगायतको उपस्थिति रहेको थियो । मिथिला प्रदेशको भेला असोज २७ र २८ गते सिरहाको लाहानमा सम्पन्न भएको थियो । यसैगरी, २० र २१ गते कर्णाली स्वायत्त जनपरिषद्को भेला सम्पन्न भएको बताइएको छ । यस्तै चितवन सिन्धुलीलगायत देशैभरिका जिल्लाहरूमा जिल्ला जनपरिषद्हरू गठन भइरहेका छन् ।

संसदीय राज्यव्यवस्थालाई दलाल संसदीय व्यवस्थामा बदल्नका लागि सरकारले चुनाबको नौटंकी गरेको र यो बहुप्रतिक्षित जनताले अस्वीकृत गरिदिएको नेकपाले वताएको छ । संसदीय व्यवस्थाको विकल्पमा नै आफू समानान्तर सत्ता अभ्यासमा लागेको र यो अभियानकै रूपमा देशव्यापी रूपमा सम्पन्न हुने पनि नेकपाको भनाइ छ । स्रोतः रातोखबर साप्ताहिक

२०७४ कात्तिक २२ गते विहान ८ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :