संगठन विस्तार गर्दै नेपाल कम्युनिस्ट पार्टी

वीरगन्ज सम्वाददाता : पर्सा जिल्लामा नेपाल कम्युनिस्ट पार्टीको साङ्गठनिक गतिविधि तीब्र भएको छ । गत शनिबार बहुदरामाई नगरपालिकामा सम्पन्न पार्टीको भेलाले निराजनको नेतृत्वमा एक्काईस सदस्यीय बहुदरामाई नगर समिति गठन भएकोे छ । सोही दिन पटेर्वा सुगौली गाउँपालिकामा ९ सदस्यीय पटेर्वा गाउँ समिति गठन गरिएको छ । त्यसै दिन पटेर्वा सुगौली गापा ४, लोहाघाट, नौकाटोला वडा समिति गठन भएको छ । २५ सदस्यीय सो समितिको सेक्रेटरी धमिनीदेवी माझी रहनु भएको छ । पार्टी गठन र प्रशिक्षणमा पर्सा जिल्ला इन्चार्ज आर्जन, सेक्रेटरी विज्ञान, जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य तथा जिल्ला सदस्य पारस ठाकुर, भोजपुरा जनपरिषद्का प्रमुख विगा चौरसिया, पर्सा जिल्ला जनपरिषद्का प्रमुख बुच्चि यादव, बहुदरामाई नगरपालिकाका ईन्चार्ज गोपी, पटेर्वा सुगौली गाउँपालिका ईन्चार्ज विशाल लगायतको उपस्थिति रहेको थियो । यस अघि वीरगन्जमा पारसको नेतृत्वमा १९ सदस्यीय वीरगन्ज महानगर समिति गठन भएको छ । पटेर्वा सुगौली गाउँपालिका अन्तर्गतको देउकुलीमा आयोजित ‘स्थानीय विकास निर्माणका समस्या, प्रतिनिधिसभा, प्रदेशसभा चुनाव खारेजीको अभियान तथा प्रतिरोधात्मक विषय अन्तरक्रियात्मक कार्यक्रममा स्थानीय जनताको प्रश्नको जवाफ पर्सा जिल्ला इन्चार्ज आर्जन र भोजपुरा जनपरिषद्का प्रमुख विगा चौरसियाले दिनुभएको थियो । वीरगन्ज महानगरपालिकामा ५ सदस्यीय जनसत्ता पनि निर्माण भएको छ ।

२०७४ कात्तिक २१ गते अपरान्ह ५ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :