धौलागिरिमा नेकपाको स्कुलिङ सम्पन्न

अम्बिका चन्द/काठमाडौं : नेकपाको केन्द्रीय स्कुलिङ विभागले धौलागिरिमा व्युरो स्तरीय स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । यही १७ गते शुरु भएको स्कुलिङ २१ गते सम्पन्न भएको हो । विभागले देशव्यापी रुपमा संचालन गरेको केन्द्रीय कार्यक्रमअनुसार धौलागिरि ब्युरोमा ५ दिने स्कुलिङ चलाएको नेकपाका धौलागिरि इन्चार्ज विप्लवले जनाएका छन् । स्कुलिङमा दर्शनशास्त्रको बारेमा विभागका सदस्य तथा पार्टीका पोलिटव्युरो सदस्य भरत बम ‘रणवीर’ ले पढाएका थिए भने वैज्ञानिक समाजवाद र विज्ञान प्रविधिको विषयमा अर्का पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ ले पढाएका थिए । यस्तै राजनैतिक अर्थशास्त्रको विषयमा पार्टीका केन्द्रीय सदस्य भेषराज भुसाल र नेपाली कम्युनिस्ट आन्दोलनको विषयमा केन्द्रीय स्कुलिङ विभागका सदस्य शेरकुमार खड्का ‘गति’ ले पढाएका थिए । धौलागिरि ब्युरोका विभिन्न जिल्लाहरुबाट गरी २५ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

२०७४ कात्तिक २१ गते मध्यान्ह १२ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :