दाङका सबै उम्मेदवारका घरमा कालो झण्डा

जानकी दहित/दाङ : संसदीय व्यवस्थाको चुनाव खारेज गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीले दाङका सबै उम्मेदवारका घरघरमा कालो झण्डा गाडेको छ । संसदीय व्यवस्था र कथित चुनावको खारेज स्वरुप दाङबाट प्रदेश तथा प्रतिनिधिसभाका सबै उम्मेदवारहरुको घरको मूलद्वारमा कालो झण्डा गाडिएको नेपाल कम्युनिस्ट पार्टी दाङले जनाएको छ । संसदीय व्यवस्था र कथित चुनाव खारेज गरौं ! जनसत्ता निर्माण गरौं !! शान्ति, स्वाधीनता, समानता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापना गरौं !! भन्ने नारा लेखिएको कालो झण्डा सबै उम्मेदवारहरुको घरको मूलद्वारमा टाँगिएको बताइएको छ ।

२०७४ कात्तिक २१ गते विहान १०ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :