चिनियाँ सपनासँग चिली

(चीनका लागि चिलीका राजदूत लुइस स्मिड मोन्टेससँगको अन्तर्वार्ता)

चीनका लागि चिलीका राजदूत लुइस स्मिड मोन्टसले चालीसपटक भन्दा बढी चीनको भ्रमण गरिसकेका थिए । तर जब उनी चिलीको राजदूत भएर चीन पुगे तब पनि उनको आश्चर्यको सीमा सकिएको थिएन । महामहिम राजूतसँग हाम्रो अन्तर्वार्ता दुई देशबीचको व्यापार सम्बन्धबाट सुरु हुन्छ । मेन्टेस सन् २००६ को अक्टोबर १ देखि व्यवहारमा आएको चीन–चिली स्वतन्त्र व्यापार सम्झौताका लागि प्रमुख भूमिका निर्वाह गर्ने व्यक्ति हुन् ।

चाइना टुडे : चीन र चिलीबीच स्वतन्त्र व्यापार सन्धि भएको सात वर्ष बितिसकेको छ । यस अवधिका सबभन्दा महत्वपूर्ण उपलब्धि केके हुन् ?

मोन्टेस : मलाई लाग्छ, यो सम्झौतामा हस्ताक्षर गरेर चिलीले राम्रो दूरदृष्टि देखाएको छ । चीनसँग हाम्रो व्यापार तामा, फलाम र अन्य धातुहरूमा केन्द्रित थियो । चिलीका व्यापार साझेदारहरूमध्ये चीन कुनै बेला २५ औँ वा २६ औँ क्रममा आउने गथ्र्यो । सन् २०१० मा चीन हाम्रो सबभन्दा ठूलो व्यापार साझेदार बन्यो । सन् २०१२ दुई देशबीचको व्यापार ३३ अर्ब ५० करोड अमेरिकी डलर पुग्यो । यो अझै पनि ऐतिहासिक रूपमा सबभन्दा ठूलो व्यापार हुनेछैन । तर चिलीको निर्यात १८ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ जसमा लगभग ६ अर्ब अमेरिकी डलर फाइदा भएको छ ।

जम्मा ६ वर्षको अन्तरालमा दुई देशवीचको व्यापार झन्डै चार गुणा (३.८५ गुणा) ले बढेको छ जब कि चीनमा निर्यात ४ अर्ब ७० करोड अमेरिकी डलरबाट बढेर १८ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । यो चिलीका लागि महत्वपूर्ण उपलब्धि हो । चिली अहिले ल्याटिन अमेरिकी देशहरूमध्ये चीनको दोस्रो ठूलो व्यापार साझेदार देश बनेको छ ।

हाम्रा लागि यो परिवर्तनको अर्थ के हो ? चीनले आज जम्मा १ करोड ६५ लाख मात्र जनसङ्ख्या भएको सानो देश चिलीलाई चीनले विशेष प्राथमिकता साथ हेरेको छ । तर अभैm पनि धेरै चिलीका जनता चीनमा व्यापारको अवसर खोजिरहेका छन् वा चीनसँग सम्बन्धित काम गरिरहेका छन् । निःसन्देह यी सब परिवर्तनहरू चीन र चिलीबीचको स्वतन्त्र व्यापार सम्झौता र हाम्रो लामो समयको मैत्रीपूर्ण सम्बन्धको परिणाम हो ।

चाइना टुडे : सन् २०१२ को सप्टेम्बरमा चीन चिलीबीच लगानीका विषयमा पूरक सम्झौता भएको छ ? आपसी लगानीको सन्दर्भमा त्यो सम्झौताले केकस्तो प्रगति गरेको छ ?

मोन्टेस : चीन र चिलीबीचको स्वतन्त्र व्यापार सन्धिमा तीनवटा सम्झौताहरू गाँसिएका छन् : सन् २००६ मा हस्ताक्षर भएको वस्तु व्यापार सन्धि, सन् २०१० मा हस्ताक्षर भएको सेवा व्यापार सन्धि र त्यसपछि त्यो लगानीसँग सम्बन्धित सन्धि र दुवै पक्षका लागि सबभन्दा पछिको सन्धिले निकै महत्व राख्दछ । सन् २०१० अघि चीनमा चिलीको लगानी झन्डै २० करोड अमेरिकी डलर थियो भने चीनले सन् २००० देखि २०१० बीचको एक दशकमा चिलीमा ७ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी लगानी बढाएन । यसो हुनुका धेरै कारणहरू छन्, जस्तै हामीबीचको लामो दूरी, चिलीको सानो आकार भाषिक समस्या आदि ।

म चीनका लागि चिलीको राजदूतका रूपमा कार्यकाल समालेपछि मेरो एउटा पहिलो लक्ष्य चीनसँग सेवा व्यापारका विषयमा सम्झौता गर्नु थियो र म त्यो काममा सफल भएँ । यो विषयमा त्यसअघि भएका अन्य सम्बन्धहरूका कारण यो सफलता सम्भव भएको हो । तथापि लगानी सन्धिका सन्दर्भमा आठ चरणको वार्ता र १० वटा दूर सम्मेलनपछि केही प्रगति हासिल भएको हो ।

सौभाग्यवश सन् २०१२ मा आएर यो सन्धिले मूर्त रूप लियो र लगत्तै सकारात्मक परिणामहरू देखाउन थाल्यो । चीनमा चिलीको लगानी सन् २०१२ म झन्डै २८ करोड अमेरिकी डलर पुग्यो । अघिल्लो वर्ष सन् २०११ मा चीनमा चिलीको लगानी १५ करोड ५० लाख अमेरिकी डलर थियो । चिनियाँ पक्षबाट पनि यो गति तयत्ति नै वेगवन् छ । सन् २०१३ को पहिलो ३ महिनामा चीनका तर्पmबाट करार गरिएको प्रत्यक्ष लगानी १ अर्ब ३५ करोड अमेरिकी डलर नाघिसकेको थियो । यसले भीन संयुक्त राज्य अमेरकापछि चिलीका लागि दोस्रो सबभन्दा ठूलो वैदेशिक लगानीको स्रोत बन्न पुग्यो ।

चिनियाँ लगानीकर्ताहरू चिलीमा मात्र होइन, बरु सम्पूर्ण ल्याटिन अमेरिकामा आँखा लगाइरहेका छन् । तथापि उनीहरूलाई आकर्षित गर्ने चिलीका केही विशेष विशेषताहरू छन्, जस्तै चुस्त शान्ति सुव्यवस्था, स्थिर अर्थतन्त्र, नियमसंगत सरकार परवर्तन र व्यवस्थित कानुनी बन्दोबस्त । यी कुराहरूले लगानीलाई सुनिश्चित गर्न सक्छ । सन् २०१३ को पहिलो तीन महिनामा १ अर्ब ३५ करोड अमेरिकी डलरबराबरको चिनियाँ लगानी चिली भित्रियो । विभिन्न आर्थिक क्षेत्रका ३० वटा चिनियाँ कम्पनीमार्फत् त्यो लगानी भित्रिएको थियो ।

चिली खाना निर्यातमा नेतृत्वदायी देश हो । संसारमै चिली यस क्षेत्रमा चौधौँ क्रमसङ्ख्यामा आउने गरेको छ । फलपूmल निर्यातमा चिली प्रतिस्पर्धामा छ । वार्षिक ५ अर्बबराबरको फलफूल मात्र निर्यात गर्ने गरेको छ । त्यस्तै चिलीले वार्षिक ३ अर्ब अमेरिकी डलरको माछा निर्यात गर्ने गरेको छ । तथापि चीनले यो कुरालाई त्यत्ति ध्यान दिएको थिएन ।

तर अब कुरा परिवर्तन भइरहेको छ सीओएससीओ नामको कम्पनीले चिलीमा अङ्गुर लगाएको छ । त्यसको रक्सी फेरि चीनमा निर्यात गर्ने गरेको छ । लेनोभो कम्पनीले चिलीको कृषि क्षेत्रका लगानी गरिरहेको छ । उसले निलो एेंसेलु, पैयुँ र अङ्गुर खेतीमा लगानी गरेको छ र चीनमा निर्यात गर्ने गरेको छ ।

यसैबीच चिलीका व्यापारीहरू चीनमा आउँदैछन् । केहीले चीनमै संयुक्त लगानीमा अङ्गुर खेती थालेका छन् । चीन सरकारले यहाँ जग्गा खरिद गर्ने अधिकार नदिएको हुनाले उनीहरूको संयुक्त लगानी कम्पनी थालेका हन् । १४२१ नामको ब्रान्ड त्यस्तै एउटा उत्पादन हो ।

अरू केही व्यापारी उत्पादन क्षेत्रमा लगानी गरिरहेका छन् । एमई इलेक्टमेटल यसको उदाहरण हो । उनीहरूले खानी उद्योगमा प्रयोग गरिने ढुङ्गा फुटाउने औजारको उत्पादन गरिहेको छ । चीनलाई आवश्यक पर्ने आफ्ना उद्योगका लागि अपरिहार्य यस्ता वस्तुहरू चिलीमा उत्पादन हुने गरेको र चीनमा पठाइन्छ भने चीनमै किन उत्पादन नगर्ने ? यो उद्योग खोल्नुको तर्क यस्तो थियो ।

मेरो अनुमानमा सन् २०१२ मा चीनमा चिलीको लगानी झन्डै ३० करोड अमेरिकी डलर पुगेको छ जो चिनियाँ लगानीको तुलनामा त्यत्ति प्रभावशाली त छैन तर यसले एउटा बाटो लिइरहेको देखाएको छ । अहिलेको गतिमा अग्लिने छ । यो आगामी वर्ष अझ राम्रो हुँदै जानेछ ।

चाइना टुडे : स्वतन्त्र व्यापार सम्झौताले चीन र चिलीबीचको सम्बन्धमा कस्तो प्रभाव पारेको छ ?

मोन्टेस : चीनसँगको व्यापारमा फाइदा पाउन सकेकोमा चिली भाग्यमानी देश हो । सन् २०१२ मा चीनमा हाम्रो निर्यात १८ अर्ब ९० करोड अमेरिकी डलर थियो भने चीनको निर्यात १३ अर्ब ५० करोड अमेरिकी डलर थियो । यसबाट हामी सोझो रूपमा ५ अर्ब अमेरिकी डलर नाफा पाएका छौँ । खाना आयातमा चीन अघि बढिरहेको सन्दर्भमा चिलीको फाइदा अझ बढ्ने पक्का छ । हाम्रा निर्यातहरूलाई प्रवेश अनुमति लिन त्यत्ति सजिलो भने छैन । म राजदूत भएर आएदेखि म व्यक्तिगत रूपमा यो काममा संलग्न छु र त्यसको समाधान भइसकेको छ । कृषि उत्पादनबारे चिली र चीनबीच बितेका १५ वर्षमा नभएका सम्झौताहरू पछिल्ला तीन वर्षमा भएका छन् । स्वतन्त्र व्यापार सम्झौता हुनुअघि चीनमा चिलीका दानाको निर्यात मात्र १ देखि २ प्रतिशत मात्र थियो तर अहिले यो प्रतिशत झन्डै १२ पुगेको छ ।

चीनमा चिलीका खाद्य पदार्थको निर्यातअन्तर्गत फलफूल, वाइन, माछा, सुँगुरको मासु र अरू धेरै कुरा पर्छन् । सन् २०१२ मा यसको मूल्य २ अर्ब ३० करोड अमेरिकी डलरबरबबर थियो । सुँगुरको मासुको मागमा आएको तीव्रतासँगै सन् २०१३ मा हाम्रो खाद्य पदार्थको व्यापार २ अर्ब ८० करोड अमेरिकी डलरदेखि ३ अर्बसम्म पुग्न सक्नेछ । चीनमा निर्यात व्यापार यसले १८ प्रतिशतले बढाउनेछ भने चिलीको नाफा भने उत्तिकै रहनेछ ।

चाइना टुडे : निर्यात विविधिकरणमा के चिली सफल भएको छ ?

मोन्टेस : स्वतन्त्र व्यापार सम्झौताभन्दा अघि चीनमा निर्यात गर्ने ९८ प्रतिशत सामानहरू मूलतः धातुजन्य सामानहरू हुने गर्थे । जस्तै तामा, फाम, मोलिबेडिनम, चाँदी र सुन । त्यस अतिरिक्त तरकारी तथा माछाका उत्पादनहरू थिए । तर गएको वर्ष चिलीले चीनमा यी तीन प्रकारका अतिरिक्त ५१० अन्य प्रकारका वस्तुहरू आयात गरेको छ । खाद्य सामग्री पहिले निर्यातको प्रकार हो । चिली ठूलो खाद्य वस्तुके निर्यातकर्ता हो भने चीनमा त्यसको ठूलो माग छ । हामी एक अर्काको आवश्यकता पूर्ति गर्न सहकार्य गरिरहेको छौँ ।

म सन् १९९२ मा पहिलो पटक चीन आएको थिएँ । त्तिबेला यहाँ धेरै मासिहरूलाई अङ्गुरको वाइनको विषयम थाहा थिएन । आजभोलि धेरै मानिसहरूलाई अङ्गुरको वाइनको विषयमा थाहा थिएन । आजभोलि चिलीले वार्षिक १६ करोड अमेरिकी डलर वराबरको अङ्गुरको वाइन निर्यात गरिरहेको छ । कुनै समय चिनियाँ जनता हाम्रो फलफूल महँगो भएको सोच्थे । तर आजभोलि चिनियाँ जनता वार्षिक ४० करोड अमेरिकी डलर बराबरको चिलीका फलफूल खरिद गर्छन् । चिली संसारकै सबभन्दा ठूलो माछाजन्य सामग्रीको उत्पादक तथा निर्यातकर्ता हो ।

मैले चीनका स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई चिली निलो एंसेलुको सबभन ठूलो निर्यातकर्ता भएको बताउँदा उहाँहरू पत्याउनुभएन । उहाँहरूले संरा।अमेरिका भएको दाबी गर्नुभयो । हो, उत्पादनको हिसाबले संरा.अमेरिका ठूलो उत्पादक हो । तर त्यहाँ उत्पादन हुने अधिकांश भाग आन्तरिक उपभोगमा प्रयोग हुने गरेको छ । चीनमा ताजा निलो एंसेलु निर्यात गरिरहेको एउटै देश चिली हो । सन् २०१२ मा हामीले १८ करोड अमेरिकी डलर बराबरको पैयूँ चीनमा निर्यात गर्‍यौँ । वसन्त उत्सवको समयम चिनियाँ बजारमा पाइएकाे ताजा पैयुँको ठूलो हिस्सा चिलीबाट आएको थियो । चिली नै मात्र एउटै त्यस्तो देश हो जसले वर्षको त्यो समयमा चीनमा तजा फलफूल आपूर्ति गर्न सक्तछ ।

चाइना टुडे : स्वतन्त्र व्यापार सम्झौतले दुई पक्षीय व्यापा सम्बन्धलाई फराकिलो पार्न अरू कुनै क्षेत्रहरूमा अवसरका बाटाहरू फराकिलो बनाएको छ कि ?

मोन्टेस : निश्चय पनि छ । धेरै छन् यो सम्झौताले व्यापार र लगानीका दुई बाटाहरूलाई प्रवद्र्धन गरेको छ । ती मध्ये पनि दोस्रो पक्षले दुवै देशको लागि भविष्यमा सुरक्षित स्थान सुनिश्चित गरेको छ । तर अझ पनि एउटा क्षेत्र बाँकी छ जसलाई उपेक्षा गरिएको छ । वस्तुको मात्र व्यापार हुने गर्दैन । बरु सेवा क्षेत्रको नि व्यापार हुन जरुरी छ । सबै प्रकारका सेवाहरू । संसार कम विकसित भएको समयमा वस्तुके व्यापार हावी थियो । अर्थतन्त्रको विकाससँगै बौद्धिक शक्ति महत्वपूर्ण थालेको छ । सेवा क्षेत्रको व्यापरले प्रमुख भूमिका खेल्न थाल्यो । चीन र चिलीबीच सेवा क्षेत्रको व्यापारको उज्यालो भविष्य छ ।

चाइना टुडे : महामहिमज्यू, सन् १९९० को दशकमा तपाईले पहिलो पटक चीनको भ्रमण गर्नुभयो । चिनियाँ सपनाबारे तपाईको बुझाई के हो ?

मोन्टेस : चिनियाँ सपनाको अवधारणाको विकास राष्ट्रपति सि जिनपिङले अघि सार्नुभएको हो । मेरो बुझाईमा यसले जीवनका सबै पक्षहरूका जनभावनाको सम्मिश्रणको प्रतिनिधित्व गरेको छ । गवएको सप्ताहन्तमा मैले ग्युलिनका माझीहरूसँग कुराकानी गरेको थिएँ, मैले ऊरुम्चीमा भेंलागोठालाहरू भेटेको थिएँ, सानतोङका किसानहरूले बनाएको बगैँचा र फलपूmलको वाइन उत्पानलेमलाई प्रभावित बनाएको छ, साथै साङ्घाईका मजजदुरहरूले गाडी र मोवाइल फोनहरू उत्पादन गदैृछन्, ती सबै जनताको भावना हो चिनियाँ सपना । उनीहरू सबैको एउटै चाहना छ– चीनलाई अझै माथि थप विकसित देश बनाउने र त्यहाँका जनताको जीवन अझ राम्रो बनाउने ।

चिनियाँ सपना विश्वको सपना हो । चीन अज संसारकै दोस्रो ठूलो आर्थिक शक्ति हो र पलिो आर्थिक शक्ति बन्ने क्रममा छ । चीनको राम्रो हुनु चिलीको पनि राम्रो हुनुसँग जोडिएाके छ यदि चीनले आफ्नो सपना अरू देशहरूसँग पनि साटे संसार अझ सुन्दर स्थान बन्नेछ ।

(यो अन्तर्वार्ता पेड्रो लागो र वाङ्ग याङ्ग लिएका हुन् ।)
Chile Shares the Chinese Dream
CHINA TODAY
Vol.63, No.1, January 2014

२०७४ कात्तिक २१ गते विहान ८ः१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :