पूर्व उपप्रधानमन्त्री शेरचनमाथि आक्रमण

चितवनः चुनावी सभाको क्रममा प्रचण्डसहित चनौली बजारमा पुगेका पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता अमिक शेरचनमाथि सोमबार आक्रमण भएको छ । चनौली निवासी पुराना कम्युनिस्ट नेता धनकाजी गुरुङले शेरचनलाई प्रचण्डकै सामुन्ने कठालो समातेर घोक्र्याएका हुन् । २०२६ सालमा ‘इन्टरनेशनल पब्लिकेशन प्रा.लि.’ खोल्नका लागि शेरचनले गुरुङबाट २० हजार रुपैयाँ नगद लिएको र संस्था पनि नखोल्ने, रकम पनि फिर्ता नगर्ने गरेपछि पटक–पटक आफ्नो रकम फिर्ता गर्न दबाव दिंदै आएका थिए । नेता बादलसम्म उजुरी पुगेको, शेरचनले भेट्नसम्म नमानेको कारण चुनावको अवसरमा चनौली आएको बेला समात्न बाध्य भएको इ–रातोखबरसँग गुरुङले बताएका छन् । सोमबमार विहान १० बजे सो घटना भएपछि गुरुङलाई चनौली प्रहरीले पक्राउ गरेको थियो । सो सम्बन्धमा चितवनका डीएसपी शिव शर्मा आचार्यले शेरचनमाथि आक्रमण र पक्राउको घटना नभएको बताए । गुरुङलाई पक्राउ पुर्जी नदिएको र बदनाम हुने डरले घटना गुपचुप राख्न खोजेको पीडित गुरुङले बताएका छन् । प्रहरी चौकीमा गुरुङलाई भेट्न स्थानीय माके नेताहरु शारदानगरका सुरेन्द्र गुरुङ र दिव्यनगरका ज्ञानप्रसाद पुगेका थिए । घटनापछि चितवन बामगठबन्धनका संयोजकसमेत रहेका शेरचन ‘मुडअफ’ भएका र सभामा बोल्नसमेत सकेका थिएनन् । 

पीडित धनकाजी गुरुङ्को सम्पर्क नम्बरः ९८१५२३८४२७

२०७४ कात्तिक २० गते अपरान्ह २ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :