निर्वाचनले उत्पन्न गरेका अनुभूतिहरू

मैले कुराको सुरुआत गर्न नपाउँदै बुबा भक्कानिएर बरर्र आ“सु खसाल्दै रुँदै भन्न थाल्नुभयो– हिजो तपाईंले बाचाकसम खाएको भुल्नुभयो ? जनताको जनवादी सत्ता नआएसम्म लडिरहनेछौँ र सहिदहरूले बगाएको रगतको मूल्य खेर जान दिनेछैनौँ‚ उहाँहरूका अधुरा सपना पूरा गरिछाड्नेछौँ भनेको ? हिजो हामीलाई रुवाएको र आजसम्म रुवाउँदै गरेको आ“सु फिर्ता दिनुहोस् । आ“खाबाट आ“सु त्यसै झर्दैनन् कि आ“खामा चोट लागेर झर्छन् कि मुटु भक्कानिएर झर्छन् ।

महान् जनयुद्धको वार्षिक उत्सवको ऐतिहासिक अवसर पारेर सर्वहारा वर्गको गौरवशाली अग्रदस्ता क. विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी) ले २०७३ फागुन १ गते काठमाडौँको खुला मञ्चमा हजारौँ जनसागरका बीच भव्य रूपमा आठौँ महाधिवेशन उद्घाटन गरेको थियो । जनयुद्धको उद्गम थलो, आस्था, वीरता र बलिदानको केन्द्र ऐतिहासिक गाउँ रोल्पाको थबाङमा आफ्नै श्रम, सीप र लगानीमा सुन्दर बनाएर सजिएको भव्य रातो हलमा महाधिवेशनको बन्दसत्र सञ्चालन भैरहेको थियो । नेपालमा एकीकृत जनक्रान्तिको माध्यमबाट कसरी वैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ ? भन्ने विषयमा पार्टी गहन बहस र छलफलमा केन्द्रित थियो । यसैबीच दलाल संसदीय व्यवस्थाको नेतृत्व गरिरहेको प्रचण्ड सरकारले हठात् मनस्थितिमा २०७४ वैशाख ३१ गते सम्पन्न हुने गरी पुरानो‚बूढो कुहिएर धमिरा लागेको संसदीय व्यवस्थालाई पुनर्जीवन दिने गरी बनेको संविधान कार्यान्वयनको सिलसिलामा कथित स्थानीय तहको निर्वाचनको घोषणापछि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको (स्मरण रहोस् पार्टीको ऐतिहासिक महाधिवेशनले पार्टीको नाम ने.क.पा. राख्ने निर्णय गरेको थियो) फागुन २८ देखि चैत ३ सम्म बसेको केन्द्रीय समितिको बैठकले दलाल तथा भ्रष्टाचारीलाई वैधानिक बनाउने प्रक्रिया मात्र भएको र असफल सिद्ध संसदीय व्यवस्था नेपाली जनतालाई अफापसिद्ध भएको‚ यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने निष्कर्षसहित कथित स्थानीय निर्वाचनलाई खारेज गर्ने घोषणा गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन गर्ने क्रममा देशव्यापी रूपमा सञ्चालन गरिएको ‘एकीकृत जनजागरण तथा प्रतिरोध अभियान’ लाई महेन्द्रनगर, धनगढी, सुर्खेत, चितवन र बुटवलमा भएका बृहत् जनसभालाई कथित लोकतान्त्रिक सरकारले प्रतिबन्ध लगाउने, शान्तिपुर्ण जुलुसलाई रोक्ने, जनसभामा आउन लागेका गाडीहरूलाई बाटोमै रोकी चाबी थुतिदिने, धरपकड गर्ने, लाठीप्रहार गर्ने, जनसांस्कृतिक कार्यक्रम र जनसभाका लागि बनाइएका मञ्चहरू घेराउ गरी नेता, कार्यक्रतालाई छानीछानी पक्राउ गर्ने र झूट्टा मुद्दा लगाउनेजस्ता भद्दा र निरङ्कुश पञ्चायती व्यवस्थाको पुनरावृत्ति हुने गरी राज्यले दमन र आतङ्क चलाइरहेको थियो । यसैबीर्च जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ’ भन्ने माओवादी मान्यतालाई आत्मसाथ गरी वैशाख ३१ गतेको कथित प्रथम चरणको स्थानीय तहको निर्वाचनलाई खारेजीका लागि पार्टीको सेती ब्युरोको ०७४ वैशाख २२ गते बसेको तेस्रो विशेष बैठकले बाहिर कार्यक्षेत्र भएका सबै नेता, कार्यकर्ता सम्बन्धित गृहक्षेत्र फर्कने पार्टी केन्द्रको निर्णयबमोजिम मलाई मेरो गृहक्षेत्र कालीकोट जाने निर्णय ग¥यो । सेती ब्युरो इन्चार्ज क. सिकन्दरको निर्देशनमा अर्थ विभाग प्रमुख क. विवेक कुमालले भाडाको बन्दोबस्त मिलाइदिनुभयो र मेरो यात्रा २३ गते धनगढीबाट कालीकोटतिर प्रारम्भ भयो ।

लालीघाट बजारमा पसल गरी बसेका मेरा पुराना मित्र, जनयुद्धका सहयात्री क निर्मोही सान्निगाडमा पसल गरी बस्नुभएको रहेछ । माओवादी विभाजनबाट आजित हुँदै जनता, पार्टी र क्रान्तिलाई धोका भएको निष्कर्षसहित बाबुरामको कथित नया“ शक्ति पार्टीमा आफ्नो समर्थन रहेको ठट्यौली अभिव्यक्ति प्रस्तुत गर्नुभयो । साँझ परिसकेको र हावाहुरी चलेका कारण मलाई त्यहीँ बास बस्न आग्रह गर्नुभयो । मलाई पनि ‘के खोज्छस् आँखो’ जस्तै भयो र त्यो रात त्यहीँ बास बसँे ।

बैनी सङ्गती (जनयुद्धकालमा चुली जनसांस्कृतिक परिवारकी सदस्य हुनुहुन्थ्यो, हाल निर्मोहीकी जीवनसंगिनी) ले घरेलु राता चामलको भात, मासको दाल र साग पकाउनुभयो । जनयुद्धका आ“धीमय यात्राको स्मरण गर्दै मीठो गरी खायौँ । रात ढल्किँदासम्म बस्यौँ र स्मृतिका पानामा अमिट छाप बनी बसेका विगतका दृश्यहरू खोल्यौँ । निर्मोहिले भावविभोर हुँदै भन्नुभयो, ‘हाम्रो सपना यो थिएन । सपना वास्तवमा सपना नै ह“ुदोरहेछ । यसलाई हामीजस्ता सोझाले विपना सम्झनु भूल हुँदोरहेछ । आज जनयुद्धकोे त्यति महान् सपना कहा“ हरायो कहा“,सपनाको खेती गरेर आश्वासनका गुलिया पोका बा“ड्ने नेताहरू आलिसान महलमा विलासिताको जीवन जिइरहेका छन् । आज हामी जनयुद्धलाई स्वर्ग र मुक्तिको सपना ठान्ने कार्यकर्ताहरू कोही अरबको खाडीमा छन्, कोही कता छन् कता भने कोही सामाजिक तिरस्कारको जीवन बा“चिरहेका छन् । सहिद परिवार, बेपत्ता परिवार र घाइते योद्धाहरू अभाव, अवहेलना र अपमानको भारी खेपिरहेका छन् । आज दलित, महिला, उत्पीडित जनताका समस्या जहा“को त्यही“ छन् । हिजो म एक्लो थिएँ, आज मेरो साथमा जीवनसंगिनी, एक छोरा र एक छोरी छन् । आमा, बाबा वृद्ध हुँदै गएका छन् । हातमुख जोर्न कठिन छ । क्रान्ति त कहा“ पूरा भएको छ र ? अधुरो छ र आवश्यक पनि छ तर यस्तै पारिवारिक समस्याको गाँठोले झन् कस्दैछ’ भन्दै सैद्धान्तिक र वैचारिक हिसाबले मेरो विचारमाथि समर्थन जनाउनुभयो । मनका गन्थन त मेटिएका थिएनन् तर रात बैँसालु भैसकेकाले आ“खाका दुई परेलाको भेट गरायौँ ।

बिहान सबेरै उठेर सिकु धमालीतिरको यात्रा सुरु गरेँ । गाउ“ चुनावी सरगर्मीले तातिरहेको थियो । जित आफ्नो पक्षमा पार्न जनतालाई गुलिया आश्वासनका माला पहिराइरहेका थिए स्वार्थीहरू । यसबेला धनुषबाणझैँ निहुरिरहेका थिए भोट माग्नेहरू । जनता भने असारमा रोप्ने धानका बिउसमेत राख्न नपाएको र दिनदिनै आउने प्रचार टोलीका आश्वासनका नाराले हैरान भएको अनुभूति सुनाउँदै थिए । कोही खसी काट्दै थिए, कोही भातभान्सा चलाउँदै थिए, कोही रक्सीको मातले हल्लिँदै पार्टीको झन्डा समाई बाटोछेउमा पल्टिरहेका थिए । बडो विचित्रको दृश्य देखिँदै थियो ।

मेरो पहिलो भेट का“ग्रेसको प्रचार टोलीस“ग भयो । सबैलाई नमस्कार गरेँ । मेरो आगमनले केही आशंका केही उत्सुकता र केही भरोसाको मनोभाव प्रस्ट देखिन्थ्यो । मैले वडा अध्यक्षका उम्मेदार चक्र कठायतलाई सोधेँ, ‘तपाईंले चुनाव जित्नुभयो भने के गर्नुहुन्छ ?’ उनले नरम स्वरमा भने, ‘‘मैले चुनाव जितेँ भने नौमुलेको पानी सिँचाइ कुलो बनाई धमाली ज्युलासम्म पु¥याउनेछु र सिँचाइ गरी हराभरा बनाउनेछु । त्यसपछि त यहा“का जनताको जीवन पनि हराभरा हुनेछ… । उनले आफ्नो कुरा टुङ्ग्याए । मैले कथित स्थानीय चुनाव खारेजीको अर्थ र औचित्य प्रस्ट पारेँ, ‘भोट हालेर जनताको सत्ता परिवर्तन भएको विश्वमा कहीँ पनि उदाहरण छैन र नेपाल पनि यसको अपवाद हुन सक्दैन । इतिहासमा हाम्रा पुर्खाले धेरैपटक आफ्नो मताधिकारको प्रयोग गरिसके तर जनताको जीवनस्तर जहा“को तहीँ छ । जनजीवन अस्तव्यस्त छ । हाम्रो पिठ्यँुको भारी हटेको छैन । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारजस्ता आधारभूत आवश्यकताका साथै महिलामाथिको लैङ्गिक उत्पीडन, दलितमाथिको जातीय विभेद जस्ताको तस्तै छ । श्रमचोर लुटेराहरू लुटेको लुट्यै छन् । स्थानीय जालीफटाहाहरूको गुन्डाराज अन्त्य भएको छैन । भ्रष्टाचार, कालोबजारी र दलालीकरण झन्झन् मौलाइरहेको छ । यो चिहानमा पुगेको संसदीय व्यवस्थालाई पुनः फर्काएर जादुको छडीझैँ यी सबै समस्याको हल हुने त होइन ? यी र यस्ता समस्याको दीर्घकालीन समाधान वैज्ञानिक समाजवादले मात्र गर्नसक्छ ।’ मैले यसो भन्दै गर्दा जनता समर्थनको भाव व्यक्त गरिरहेका थिए ।

भेटघाट गर्दै सा“झपरेपछि घर गए“ । तीनबिसे उकालो लागेका आमाबुबाको चाउरी परेको अनुहारमा खुसीका रेखा मुस्कुराइरहेका थिए मेरो आगमनले । बुबाले भैँसी दुहुनुभयो । आमाले रातो चामलको भात र सिमीको दाल पकाउनुभयो । आमाबुबाको ममता मिसिएको भैँसीको दूधस“ग अर्गानिक खानाको स्वादै बेग्लै । बुबाले गाउ“मा चुनावी दलहरू भोट माग्न आएर सताएको वर्णन गर्दै उनीहरूलाई आफूस“ग भोट माग्न आउने हिम्मत र हैसियत नभएको, अब जनता सामन्ती र पञ्चायती कालका जस्ता लाटा र सोझा नरहेको अनि जनयुद्धको प्रशिक्षणले सचेत र चेतनशील भैसकेको बताइदिएको सुनाउनुभयो । लामालामा राजनीतिक र पारिवारिक कुराकानीले गर्दा त्यो रात पनि अबेर मात्रै निद्रालाई आगमन गरायौँ ।

भोलिपल्ट बिहानै नाताले मेरा मामा लाग्ने, जनयुद्धका एक योद्धा, हाल माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदार कल्याण चुनावी मौसममा माओवादी बनेकाहरूका साथमा ओछ्यानमै भेट्न आइपुग्नुभयो । निद्राले अ“गालो छोड्न मानेको थिएन । जबरजस्ती आ“खाका परेला खोलेँ र हाई काढ्दै ब्यु“झिएँ । स“गै ज्युने र स“गै मर्ने प्रेमजोडीको जस्तो सम्बन्ध थियो हाम्रो, पारिवारिक सम्बन्ध पनि उत्तिकै प्रगाढ थियो । जनयुद्धका आ“धीमय यात्राका कहालीलाग्दा दिनहरूले झन् गाढा बनाएको थियो सम्बन्धलाई । जनयुद्धकालमा खा“दाखा“दै र पिउँदापिउँदै पनि युद्ध लडिरहेको छोराको शोक र चिन्ताले ज्यु“दै हाडमासु सुकेर सकिन लागेकी मेरी आमालाई चिनीपानी खुवाएर पुनर्जीवन दिएको उहा“ले नै हो । मेरो साखै मावली घर कर्णालीपारि फुकोट गाउ“को थोल्म भन्ने ठाउ“मा हो । केटाकेटीमै मामा बितेकाले उहा“ले नै मेरी आमालाई भाइ बिर्साइदिनुभएको हो र हामी पा“च भाइबैनीलाई मामा । हामी सम्झने नहु“दासम्म मावली घर कर्णालीपारि हो भन्ने थाहा थिएन । यति गहिरो र प्रिय भावानात्मक सम्बन्धको कसिलो गरी बाँधिएको डोरीलाई विचार र सिद्धान्तको अग्लो पहाडले चुँडिदिएको थियो । देशमा लोकतन्त्रका नाममा निरङ्कुश फासिवादको पुनरावृत्ति हँुदै थियो । क्रान्तिकारीहरूलाई वारेन्ट जारी गर्ने‚ धरपकड गर्ने‚ गिरफ्तार गर्ने‚ बेपत्ता पार्ने र हत्या गर्ने क्रमको बादल मडारिइरहेको थियो । उहा“ त्यो व्यवस्थाको हिमायती बनेर भोट माग्न आउनुभएको थियो भने म उक्त व्यवस्थाको विरोधी ।

मैले कुराको सुरुआत गर्न नपाउँदै बुबा भक्कानिएर बरर्र आ“सु खसाल्दै रुँदै भन्न थाल्नुभयो– हिजो तपाईंले बाचाकसम खाएको भुल्नुभयो ? जनताको जनवादी सत्ता नआएसम्म लडिरहनेछौँ र सहिदहरूले बगाएको रगतको मूल्य खेर जान दिनेछैनौँ‚ उहाँहरूका अधुरा सपना पूरा गरिछाड्नेछौँ भनेको ? हिजो हामीलाई रुवाएको र आजसम्म रुवाउँदै गरेको आ“सु फिर्ता दिनुहोस् । आ“खाबाट आ“सु त्यसै झर्दैनन् कि आ“खामा चोट लागेर झर्छन् कि मुटु भक्कानिएर झर्छन् । म हिजोका कहालीलाग्दा दिन सम्झिरहेको छु । हिजो तिमीहरूकै शोक र चिन्ताले ज्यु“दै सुक्यौँ र मरेतुल्य भयौँ । ससुरा (कल्याणका बुबा) आज यो दिन देख्न नपाउँदै बित्नुभयो । तिमीहरूलाई हुर्काउनबढाउन कति कठिनाइ भोग्नुपरेको थियो ससुरा र मैलै । तिमीहरू हिँडेको बाटो सही छ भन्ने लागेको थियो । के आज सबै पूरा भए ? खै कहा“ आयो गणतन्त्र ? आज लोकतन्त्रका नाममा गाउ“मा जुवा‚ तास र रक्सीका बोतल आएका छन् र मानिस झन् गरिब हुँदै गैरहेका छन् । पीडा र गरिबी झन् थपिएको छ । यसो भन्दै उहाँले आफ्ना भावना पोख्नुभयो ।

अनपढ र असाक्षर भए पनि ज्ञानगुन र इतिहासका कुरा पूरै कण्ठस्थ छन् बुबालाई । रसिला–रसिला उखानटुक्कासहित नाजबाफ पार्ने कला जन्मजात छ उहास“ग । भोट माग्न आएका उम्मेदवार वैचारिक र सैद्धान्तिक असहमतिको भावनात्मक जबाफ पाएपछि नतमस्तक भएर फर्किनुभयो । म भने घाम ढल्किसकेकाले आफ्नो कामतिर लागेँ ।

२०७४ कात्तिक १८ गते साँझ ६ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :