चितवनमा समानन्तर सत्ता पुनर्गठन

सुशन क्षेत्री / चितवन : जिल्ला परिषद चितवनको आयोजनामा चितवनस्थित भरतपुरमा संसदीय सत्तालाई चुनौती दिदै जिल्ला जन परिषद चितवनले नबराज पौडेल प्रमुख रहने गरी ३५ सदस्य समानन्तर सत्ताको पुनर्गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका चितवन इन्चार्ज लालबहादुर बिसीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमका अध्यक्षयता चितवनको पूर्व जनसत्ताका प्रमुख मिनप्रसाद सापकोटा गर्नु भएको थियो । जनसत्ता घोषणा कार्यक्रमका अन्य अतिथिहरुमा चितवन जिल्ला सेकेटरी धुर्ब, पश्चिम तम्सालिङ पर्यटनमन्त्री लोकराज पाण्डे, युवा तथा खेलकुदमन्त्री बुदी थारुलगायत नेकपा चितवनका जिल्ला सदस्यहरु सहभागी भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लालबहाधुर बिसीले चितवनमा अब सबै जनताका काम जनसत्ताले गर्ने र असफल संसदीय व्यवस्थाको विकल्पको रुपमा जनसत्ताले आफ्नो काम कारवाही सुरु गर्ने बताउनुभयो । जिल्लामा जनसत्ताको कार्यालय सन्चालनमा आएकाले जनताको सम्पूर्ण समस्याको फैसला जनसत्तामार्फत हुने जिकिर गर्नु भएको छ ।

२०७४ कात्तिक १८ गते साँझ ५ :२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :