सर्लाहीमा जनपरिषदद्वारा जग्गा कब्जा

विजय लामा / सर्लाही : मिथिला स्वयत्त जनपरिषद, नेपालले आयल निगमको जग्गा कब्जामा लिएको घोषणा गरेको छ । सर्लाहीको लालबन्दी–१ नवलपुरमा रहेको निगमको १५ बिगा १० कठ्ठा १२ घोस जग्गा आज (शनिबार) दिउसो १ बजे साढे २३ करोड भ्रष्ट्राचार गरेको भन्दै जनपरिषदले व्यानर र झण्डा गाडेर कब्जा गरेको हो ।
जनपरिषदले ‘नेपाल आयल निगमद्वारा खरिद गरिएको जमिनमा भएको कमिसनखोरको भण्डाफोर गरौं !’ र विचौलिया प्रयोग गरेर भ्रष्टाचार गरेको साढे २३ करोड राज्यको ढुकुटीमा दाखेल गर्नुपर्ने वा किसानलाई फिर्ता गर्नुपर्ने माग पनि गरेको छ ।

२०७४ कात्तिक १८ गते दिउसो २ :२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :