बाबुरामलाई कार्वाही

अम्बिका चन्द/काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी गोरखाले साङ्केतिक कार्वाही स्वरुप डा.बाबुराम भट्टराईको घरमा कालो झण्डा गाडिएको बताएको छ । शुक्रबार राती गोरखा पालुङ्टार नगरपालिकाको खोप्लाङ्स्थित भट्टराईको घरमा कालो झण्डा गाडिएको हो । नयाँशक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई काँग्रेस–नयाँशक्ति गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपाले दलाल संसदीय व्यवस्थाका खराब प्रतिनिधिहरुलाई कुनै पनि हालतमा नछोडने बताएको छ । हाल देशव्यापी रुपमा संञ्चालन भइरहेको सङ्गठन सुदृढीकरण तथा चुनाव खारेजी अभियान गोरखामा पनि चलिरहेको नेकपा गोरखाका सेक्रेटरी गोपाल पाण्डेले बताएका छन् ।

२०७४ कात्तिक १८ गते विहान ११ः१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :