नेकपाको निशानामा विनाविभागीय मन्त्री

अम्बिका चन्द / काठमाडौं : माओवादी केन्द्रका नेता तथा वर्तमान सरकारका विनाविभागीय मन्त्री जनार्दन शर्माको घरमा कालो झण्डा गाडिएको छ । शुक्रबार राती नेपाल कम्युनिस्ट पार्टीले रुकुम खलङ्गास्थित शर्माको घरमा कालो झण्डा गाडेको हो । नेकपाले चुनाव खारेजी अभियान देशव्यापी रुपमा संचालन गरिरहेका बेला शर्माको घरमा कालो झण्डा गाडिएको हो । गृहमन्त्री रहेको बेला शर्माले सत्ता र शक्तिको प्रयोग गर्दै नेकपाका नेता, कार्यकर्ता र समर्थकहरुमाथि व्यापक दमन गरेको नेकपा रुकुमले जनाएको छ । साथै सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदा पनि शर्माले नेकपाको विरुद्धमा अभिव्यक्ति दिने गरेकोले चेतावनीस्वरुप कालो झण्डा गाडिएको नेकपाको भनाई छ ।

२०७४ कात्तिक १८ गते विहान ९ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :