गण्डकमा नेकपाको स्कुलिङ

रमाकान्त बास्तोला / पोखरा  : नेपाल कम्युनिस्ट पार्टीले विभिन्न विषयमा गण्डक ब्युरोअन्तर्गत तनहँुमा ५ दिने स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । पार्टीका केन्द्रीय स्कुलिङ विभागका प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’को प्रमुख आतिथ्यमा उद्घाटन भएको उक्त स्कुलिङ कार्यक्रम गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा ‘आस्था’ को अध्यक्षतामा भएको हो । कार्यक्रमको सञ्चालन गण्डक स्कुलिङ विभाग प्रमुख रुपेशले गर्नुभएको थियो । कार्यक्रममा पश्चिम कमान्ड इन्चार्ज सन्तोष बुढा मगर ‘विषम’ स्कुलिङ विभागका सदस्यहरू रणवीर, गम्भीर र गति थिए । करिब ४५ जना प्रशिक्षार्थी रहेका उक्त कार्यक्रमको स्वागत मन्तव्य गण्डक ब्युरो सदस्य उभारले गर्नुभएको थियो । गण्डकमा भएको स्कुलिङ कार्यक्रम यो दोस्रो पटक हो । स्कुलिङमा दर्शनसम्बन्धी हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले प्रशिक्षित गर्नुभएको थियो भने वैज्ञानिक समाजवादअन्तर्गत रणवीर र गम्भीर, राजनीतिक अर्थशास्त्रसम्बन्धी हिमलाल पराजुलीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै, नेपाली कम्युनिस्ट आन्दोलनसम्बन्धी गति, संगठनसम्बन्धी रुपेश, विज्ञान–प्रविधिसम्बन्धी प्रज्वल, सत्तासम्बन्धी विषम र कला र साहित्यसम्बन्धी खेम थपलियाले प्रशिक्षार्थीहरूलाई प्रशिक्षित गर्नुभएको थियो ।

२०७४ कात्तिक १७ गते दिउसो १ : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :