चीन र मध्यएसिया : आर्थिक सहकार्यको चहकिलो बाटो

इसापूर्व १३८ मा पश्चिमी हान वंशको राजदरबारले चाङ छियान (Zhang Qian) भन्ने व्यक्तिको नेतृत्वमा पश्चिमेली देशहरूमा एउटा प्रमण्डल पठाएको थियो । प्राचीन रेशम मार्ग हुँदै केन्द्रीय एसिया, पश्चिम एसियाका साथै युरोप र अफ्रिकासम्म पनि चीनको व्यापार व्यवसाय प्रवद्र्धन गर्नु नै त्यो प्रमण्डलको प्रमुख कार्यभार थियो । त्यत्तिबेला देखि नै त्यो बाटो हुँदै चीनको कागज बनाउने प्रविधि, दिशासूचक यन्त्र (कम्पास), बारुद्ध, छापाखाना प्रविधि, रेशम, चिया र चिनियाँ माटोका भाडाकुँडा विश्वभरि पैmलिएको हो । साथै यही बाटो भएर मसला र मूल्यवान पत्थरहरू चीन भित्रिए ।

रेशममार्गमा पर्ने केन्द्रीय एसियाली देशहरूको चीनसँग आर्थिक तथा व्यापारिक सम्बन्धको लामो इतिहास छ । पछिल्ला वर्षहरूमा चीन र केन्द्रीय एसियाली देशहरूबीचको व्यापारमा तीब्र बृद्धि भएको छ । सन् २०१२ मा चीन र केन्द्रीय एसियाली देशहरूबीच ४५ अर्ब ९४ करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो । सन् २०१३ को सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिपिङले केन्द्रीय एसियाली देशहरूसँग मिलेर रेशममार्ग आर्थिक क्षेत्र बनाउने विषयमा चिनियाँ दृष्टिकोण सार्वजनिक गरे । यसले दुई पक्षबीच व्यापार र आर्थिक सम्बन्ध थप विस्तारमा प्रतिबद्धता व्यक्त भएको छ ।

रुग्णताबाट शूरुवात

सन् १९९२ को जनवरीमा सोभियत सङ्घको विघटन भएपछि चीनले विदेश आर्थिक सम्बन्ध तथा व्यापार मन्त्री ली लाङ्छिङ (Li Lanqing) र विदेश मामिला उपमन्त्री तायन चेनपाई (Tian Zengpie) को नेतृत्वमा पाँच वटा केन्द्रीय एसियाली देशहरू–उज्वेकिस्तान, काजाकिस्तान, ताज्गिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानमा एउटा कुटनिितक प्रतिनिधिमण्डल पठायो । जनवरी २ देखि ७ सम्म प्रयेक दिन एक देशका दरले भएको सो भ्रमणका क्रममा चीनले ती पाँच देशहरूसँग आफ्नो कुटनीतिक सम्बन्ध विस्तार गरेको थियावे ।

सन् १९९२ मा चीन र ती पाँच केन्द्रीय एसियाली देशहरूबीचको व्यापार ४६ करापेड अमेरिकी डलर पुग्यो । चीनको कुल विदेश व्यापारमा यो ०.२७ प्रतिशत थियो । सन् १९९५ मा यो तथ्याङ्क दोब्बरले बढ्यो । दुई पक्षीय व्यापार ८४ करोड ७० लाख अमेरिकी डलर पुग्यो । तथापि चीनको कुल विदेश व्यापारमा यसको योगदान भने घट्यो ।

त्यत्तिबेला केन्द्रीय एसियाली देशहरूमा चीनले प्रमुखतः दैनिक रूपमा उपयोगी बस्तुहरू जस्तै कपडा, लुगा–लत्ता र खाना एवं खाद्य पदार्थहरू पठाउने गर्थे । चीनले भने ती देशहरूबाट रसायनिक मल, इस्पात, कपास, गैर फलामजन्य धातु र औद्योगिक रसायन आदि आयात गर्ने गथ्र्यो । त्यत्तिबेला चीन पनि केन्द्रीय एसियाली देशहरूमा लगानी गर्न उत्ति सक्रिय भएन । सन् १९९५ मा चीनका दर्ता गरिएका संयुक्त लगानी प्रतिष्ठानहरू कजागिस्तानमा ३ सय वटा, किर्गिस्तानमा १ सय ३० वटा र उज्वेगिस्तानमा ८० वटा पुगेको थियो । अधिकांश ती प्रतिष्ठानहरू साना लगानीका थिए जस्तै रेष्टुरेन्ट, व्यापार, दैनिक आवश्यक वस्तुहरू र खाना प्रशोधन आदि ।

सन् २००१ मा साङ्घाई सहकार्य सङ्गठन (एससीओ) स्थापना भयो । एससीओको लक्ष्य आतङ्कवादविरुद्धको सङ्घर्ष, क्षेत्रीय सुरक्षा तथा स्थायित्व रक्षा तथा अर्थतन्त्र र व्यापार, वातावरणीय रक्षा, संस्कृति, विज्ञान र प्रविधि, शिक्षा, उर्जा, यातायात एवं वित्तजस्ता क्षेत्रहरूमा क्षेत्रीय सहकार्य प्रबद्र्धन गर्न संयुक्त काम गर्नु थयो । अर्थतन्त्र, समाज र संस्कृतिको हिसाबम विस्तृत र सन्तुलित षेत्रीय विकासलाई अघि बढाउनु पनि यो संगठनको लक्ष्य थियो । एससीओका उद्देश्य कर्यक्रमबाट लाभान्वित हुँदै चीन र केन्द्रीय एसियाली देशहरूबीचको व्यापार तथा आर्थिक सम्बन्ध तीब्र रूपमा विकास भयो । चीनले मूलतः केन्द्रीय एसियाली देशहरूमा उर्जा तथा कच्चा पदार्थहरू अयात गर्ने गर्दछ भने चीनले ती देशहरूलाई पमडा, लुगा–लत्ता, प्रकाशसम्बन्धि औद्योगिक उत्पादनहरू र उच्च प्राविधिक वस्तुहरू निवर्यात गर्ने गरेको छ । उज्वेगिस्तान र किर्गिस्तानमा सबभन्दा ठूलो लगानीकर्ता र दोस्रो ठूलो व्यापारिक साझेदार आज चीन बनेको छ भने काजागिस्तान र तुर्कमेनिस्तानको हकमा चीन सबभन्दा ठूलो व्यापार साझेदार बनेको छ ।

गहिरिंदै विविधतायुक्त आर्थिक सहकार्य

सन् २०१३ मा चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान (सीएएसएस)ले केन्द्रीय एयिाली देशहरूको विकासबारे सार्वननिक गरेको प्रतिवेदनमा चीन र केन्द्रीय एसियाली देशहरूबीच व्यापार, वित्त र लगानीजस्ता क्षेत्रहरूमा सहकार्य फैलिरहेको र त्यस्तै खाले सहकार्य कृषि, उत्पादन, उच्च् प्रविधि र नवीकरणीय उर्जा उद्योगमा पनि गति लिइरहेको लेखिएको छ ।

दुई पक्षीय उर्जा सहकार्य प्राथमिकतामा छ । सन् २००६ मा चीन–किर्गिस्तान तेल पाइपलाइनको औपचारिक शुरुवात भयो । यो पाइपलाइनको कुल लम्बाई १ सय किमिभन्दा लामो छ । यसमार्पmत् हालसम्म ५ करोड टन अप्रशोधित तेल चीन पु¥याइसकेको छ । त्यस्तै पश्चिममा तुर्कमेनिस्तान र उज्वेगिस्तानको सिमानाबाट शुरु भएर उज्वेगिस्तानको केन्द्रय भाग छिचोल्दै दक्षिणी काजागिस्तानसम्म फैलिएको १० हजार किमि लामो चीन केन्द्रीय एसिया प्राकृतिक ग्यास पाइपलाइ सन् २००९ मा शूरु भए यता ५० अर्ब क्युबिक मिटर ग्यास चीन पुर्‍याएको छ । तुर्कमेनिस्तान चीनको लागि सबभन्दा ठूलो ग्यास आपूर्तिकर्ता भएको छ । चीनले आयात गरिरहेको कूल ग्यासमध्ये ५१ प्रतिशत आपूर्ति तुर्कमेनिस्तानबाट हुने गरेको छ ।

‘केन्द्रीय एसियाली दशहरूसँग चीनको उर्जा सहकार्य रणनीतिक रूपमा महत्वपूर्ण छ’ चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत चिनियाँ सिमावर्ती इतिहास र भूगोल अनुसन्धान केन्द्रका निर्देशक सिन् क्वानछेन (AKng Guangcheng) ले भने । चीन–केन्द्रीय एसिया ग्यास पाइपलाइनले धेरै देशहरूलाई फाइदा पुर्‍याएकाे छ, आयातकर्ताको रूपमा चीन एक्लैलाई मात्र यसले सहयोग गरेको छैन बरु पाइपलाइनको बाटा् बनेका काजागिस्तान र उज्वेगिस्तानलाई पनि यसले फाइदा गरेको छ । आफ्नो भूमिबाट पाइपलाइन लगेवापत काजागिस्तान र उज्वेगिस्तानले आर्थिक लाभ लिने गरको छ ।

सी जिनपिङको तुर्कमिनिस्तान भ्रमणका क्रममा दुई पक्षबीच चीन–केन्द्रीय एसिया ग्यास पाइपलाइनको लाइन सीको निर्माणलाई गति दिने र सन् २०१६ सम्ममा पाइपलाइनको लाइन डीको निर्माण सम्पन्न हने सुनिश्चित गर्न निर्माण कार्यथालनी गर्ने सहमति भएको छ । सन् २०२० सम्ममा तुर्कमेनिस्तानबाट वार्षिक ५० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास चीन निर्यात गरिने अनुमान गरिएको छ ।

आफ्नो मध्यावधिक विकास कार्यनीतिक योजनामा एससीओले सन् २०१२ मा आफ्ना सदस्य देशहरूबीच वित्त, उर्जा र अन्तरसम्बन्धको क्षेत्रहरूमा सहकार्य बलियो बनाउन र त्यसे गर्दा सुनिश्चित संयन्त्रको लागि आर्थिक बन्दोबस्त गर्ने तथा सदस्यहरूको पारवहन क्षमतालाई विस्तार गर्ने प्रस्ताव गरेको थियो ।

चीनले केन्द्रीय एसियाली देशहरूसँग रेमार्ग, राजमार्ग, उड्डयन, दुरसञ्चार, विद्युत प्रसारण लाइन तथा उर्जा पाइपलाइनमा अन्तरसम्बन्ध विकासको लागि सक्रियतापूर्वक काम गरिरहेको छ । यसैबीच चीनले केन्द्रीय एसियाली देशहरूसँग बन्दोबस्तीका सामग्री, मानिसहरूको परिचालन, मुद्रा प्रवाह र सूचना प्रवाहमा सहकार्य विस्तार गरिरहेको छ । सन् २०१२ मा भएको एससीओको शिखर सम्मेलनमा चीनले केन्द्रीय एसियाली देशहरूलाई रेलमार्ग, राजमार्ग, अप्टिकल तारका साथै तेल तथा प्राकृतिक ग्यास पाइपलाइनका लागि पूर्वाधार निर्माणका लागि १० अर्ब अमेरिकी डलर ऋण सहायता दिने प्रतिबद्धता व्यक्त ग¥यो । यसै बीच केन्द्रीय एसियाली देशहरूमा राजमार्ग, दुरसञ्चार र उर्जा बन्दोबस्तीका पूर्वाधार निर्माणमा धेरै चिनियाँ कम्पनीहरूले ठेक्का पाएका छन् ।

‘प्राचीनकालमा रेशममार्गमा यातायातको साधन उँट र घोडा हुने गर्थे । आजभोलि राजमार्ग, रेलमार्ग, तेल तथा ग्याँस पाइपलाइनका साथै हवाइमार्ग आदिले विविधतायुक्त बहुमुखी आधुनिक रेशममार्ग बनाएको छ’, सीएएसएस रुस, पूर्व युरोपेली तथा केन्द्रीय एसियाली अध्ययनअन्तर्गत केन्द्रीय एसियाली अध्ययन विभागका निर्देशक ऊ होङ्वेले भनिन् ।

केन्द्रीय एसियाली देशहरूले वित्तीय क्षेत्रमा चीनसँग दुई पक्षीय सहकार्यको ठूलो अपेक्षा गरेका छन् । काजागिस्तानमा चीनको कूल लगानी २० अर्ब अमेरिकी डलर भन्दा बढी पुगिरकेको छ र विभिन्न रूपका ऋण सहायता ३० अर्ब नाघिसकेको छ । सन् २०१२ मा चीनले केन्द्रीय एसियाली देशहरूलाई जम्माजम्मी ४५ करोड आरएमबी अनुदान स्वरूप प्रदान गरेको थियो ।

चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्र्गत केन्द्रीय एसियाली अध्ययन विभागका निर्देशक छेन योरोङ् (Chen Yurong) ले दुई पक्षीय मौद्रिक दर निर्धारण र चालू खाता तथा पुँजीगत खातामा स्थानीय मौद्रिक व्यवस्थापनलाई सकेसम्म चाँडो कार्यान्वयनमा ल्याउनु पर्ने विचार व्यक्त गरेका छन् । त्यसो गरे मौदि क सतही दरसँग जोडिएर आउने खतरा र न्यून वितरण लागतको समस्याबाट बीचको दलाली भाग घटाएर बच्न सकिनेछ । वित्तीय अवरोध हटाउन सके व्यापार र लगानीमा ठूलो मद्दत हुने गर्दछ ।

सन् २०१३ को सेप्टेम्बर २६ मा सियानमा आयोजित एउटा सम्मेलनले विशेष सीओए विकास बैङ्क स्थापनाको आवश्यकतालाई प्राथमिकता दिइयो । सहुआयामिक क्षेत्रीय सहकार्यतर्पm अघि बढ्न नयाँ महत्वपूर्ण र दीर्घकालीन चालक शक्ति विकासको आवश्यकतालाई त्यो बैङ्कले पूरा गर्ने आशा गरिएको छ ।

वचनबद्ध भविष्य

रेशममार्गलाई व्युँताउने सपनाले जोडिएर आउने कुनै पनि देशलाई कहिल्यै उपेक्षा गरेको छैन । सन् २००७ को नोभेम्बरमा ताजगिस्तानको दसचाम्बेमा केन्द्रीय एपसयाली क्षेत्रीय आर्थिक सहकार्यको छैटौँ मन्त्रीस्तरीय बैठक भयो । सो बैठकले १८ अर्ब अमेरिकी डलर बराबरको रणनीतिक योजना पारत ग¥यो । उक्त योजनाअन्तर्गत प्राचीन रेशममार्गकै भूमिका खेल्न सक्ने आधुनिक रेशममार्ग बनाउने तथा राजमार्ग, रेलमार्ग, हवाई यातायात र जलमार्गको सञ्जाल विकासमा सुधार गरेर केन्द्रीय एसियालाई युरोप र एसियासँग जोड्ने व्यापार केन्द्र बनाउने लक्ष्य लिइएको छ ।

‘रेशममार्ग आर्थिक क्षेत्र विकास गर्ने प्रस्ताव कुनै स्वैरकल्पना होइन’, ऊ होङ वेले भने । तुर्कमेनिस्तानका लागि चीनका दोस्रो राजदुत यिन सोङ्लिनलाई सन् २०१३ को मार्च महिनामा तुर्कमेनिस्तानमा आयोजित ‘बृहत् रेशममार्ग कुटनीतिः इतिहासदेखि भविष्यसम्म’ विषयक विचार गोष्ठीमा आमन्त्रण गरियो । त्यहाँ उनले भने ‘तुर्कमेनिस्तान पनि रेशममार्ग पुनःजीवित गर्न चाहन्छ ।’ त्यस्ता गतिविधिले रेशममार्ग आर्थिक क्षेत्र बनाउने सी जिनपिङको प्रस्तावलाई बल पुर्‍याएको छ । ‘रेशममार्गलाई पुनःजीवित गर्ने सपना धेरै वर्षदेखि केन्द्रीय एसियाली देशहरूले चाहेको सपना हो । आफ्नो स्वाधीनता प्राप्तिसँगै ती देशहरूले युरेनियन क्षेत्रमा अवस्थित आफ्नो भौगालिक विशिष्टताको पूर्ण उपयोग गर्न चाहेका थिए । यो प्राचीन रेशममार्गको पुनःजीवन उनीहरूको आर्थिक विकासको आशामा महत्वपूर्ण विकास रणनीति हो’, ऊले भनिन् ।

चीन र केन्द्रय एसियाबीच आर्थिक परिपूरक अवस्था विद्यमान छ । यसले आर्थिक विकास र व्यापार सहकार्यको सम्भावनालाई अझ विस्तार गरेको छ । उर्जा सहकार्यबाहेक दुई पक्षबीच कृषि र लेगा–लत्ताको क्षेत्रमा पनि सहकार्यको ठूलो सम्भावना छ । उज्वेगिस्तान र तुर्कमेनिस्तान कपासमा धनी देशहरू हुन् भने चीनले कृषि तथा कपडा उद्योग प्रविधिमा महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ ।

तथापि छेन युरोङका अनुसार केन्द्रीय एसियाली देशहरूको असमान आर्थिक विकासका कारण बहुआयामिक आर्थिक सहकार्यमा उनीहरूका मागहरू भने फरक फरक छन् । ‘काजागिस्तान केन्द्रीय एसियामा उच्च विकसित आर्थिक शक्ति हो भने ताजगिस्तान र किर्गिस्तान तुलनात्मक रूपमा कमजोर छन् । आर्थिक सामथ्र्यमा ठूलो असमानताले क्षेत्रीय आर्थिक एकीकरण र बहुआयामिक आर्थिक सहकार्यमा नयाँ चनौति थपिदिएको छ’, ऊले भनिन् । यद्यपि उनी चीन र केन्द्रीय एसियाबीचको आर्थिक सहकार्यको भविष्यबारे भने अझै आशावादी छिन् ।

स्रोत : China and Central Asia:
Bright Prospects for Economic Co-operation
CHINA TODAY
Vol.63 No.1, January 2014

२०७४ कात्तिक १७ गते मध्यान्ह १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :