भारत महिमा

कविता

सोझा मधेसीलाई भारतले
सधैँसधैँ बलिको बोको बनायो
जल, जमिन, जवानी कब्जा गर्न
कहिलेसम्म छल–प्रपञ्च गरिरहन्छ !

दलालको झुन्ड बनाएर
माकुराको जालोमा कहिलेसम्म फसाउने हो ?
मधिसेमाथि आतङ्कको गोेली बर्साएर
आफ्नो स्वार्थ कहिलेसम्म साध्ने हो ?

सन् १६ मा अङ्ग्रेजले फोहोर थुपा¥यो
अङ्ग्रेजको दास स्वयम् भारत
मधेसीलाई मुक्त गराउन सक्छ ?
सुरा–सुन्दरीमा लिप्त दूतावासले
नेपालमा झगडाको बिउ छरिरहन्छ
मधेसको काँधमा बन्दुक राख्न छोड्नुपर्छ

मधेसी–पहाडी द्वन्द्वको कारण भारतै हो
मधेसी सहायताको नारा झूठो हो
मधेसीको दाता भन्दै
मधेसीलाई विनासतिर धकेलिरहन्छ ।

मधेसी आफैँ लड्नुपर्छ
मधेसी सद्भावको झन्डा
सगरमाथा शिखरमा गाड्न देऊ
रोटी–बेटी सम्बन्धलाई पवित्र रहन देऊ

बङ्गलादेशको रगत चाखेर हुँदैन
विशाल हृदयको अराधना किन गर्छाै ?
मधेसलाई टुकुचामा फालेर
भारत भक्षक भएको छ ।

दक्षिण सिमाना बचाउने मधेसी हो
लाखौँ कहर सहेर मधेस हाँसेको छ
अर्कालाई खाल्डोमा धकेल्ने
आफैँ खाडलमा फस्न सक्छ ।

२०७४ कात्तिक १७ गते विहान १०ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :