‘वर्तमान परिस्थिति र दलित अधिकार’ अन्तरक्रिया धनुषामा सम्पन्न

निरा क्षेत्री/काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीनिकट केन्द्रीय दलित विभागले ‘वर्तमान परिस्थिति र दलित अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम धनुषाधाम ३, स्थित तेजनगर सहिद राप्राविमा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य तथा दलित विभाग संयोजक सन्तोषी विकले अवधारणापत्र प्रस्तुत गर्नु भएको हो । अतिथिहरूमा धनुषा इन्चार्ज आदम, धनुषा सेक्रेटरी पवन महत्व, जनकपुर ब्युरो सदस्य रामनाथ मण्डल, मिथिला स्वायत्त जनपरिषद्, नेपालका अध्यक्ष रेखा चौहान, धनुषा मुक्ति मोर्चाका धनुषा अध्यक्ष महेन्द्र मण्डल छन् । कार्यक्रम सञ्चालन संजीव नेपालीले गरेका छन् । उक्त विभागले देशैभरि अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

२०७४ कात्तिक १७ गते विहान ६ः५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :