ढुङ्गेल पक्राउको विरोधमा प्रदर्शन

अम्बिका चन्द/काठमाडौं : बालकृष्ण ढुङ्गेलको रिहाई र झुठा मुद्दा खारेजीको माग गर्दै नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठनको आयोजनामा विहिबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । शान्तिबाटिकाबाट शुरु भएको जुलुस जमल, असन, दरमारमार्ग हँुदै शान्तिबाटिकामै पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष बन्धु चन्दले बालकृष्ण ढुङ्गेललाई पक्राउ गर्नु षड्यन्त्रमुलक र प्रतिक्रान्तिकारी कदम भएको भन्दै तुरुन्त रिहाईको माग गर्नुभयो । चन्दले राज्यले दमनकारी नीति अपनाएको भन्दै बालकृष्णको मुद्दा तुरुन्त खारेजीको माग पनि गर्नुभयो । प्रर्दशनमा गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, अखिल क्रान्तिकारीका दिपेन्द्र चलाउने लगायतको सहभागिता थियो । ढुङ्गेललाई मंगलबार ललितपुर सातदोबाटोस्थित आफ्नै निवासबाट सादा पोशाकमा रहेका प्रहरीले पक्राउ गरेका थिए । पक्राउ लगत्तै ढुङ्गेललाई जेल चलान गरिएको थियो । ढुंगेललाई पक्राउको विषयलाई लिएर सामाजिक संजालमा समेत व्यापक विरोध भएको छ ।

२०७४ कात्तिक १६ गते अपरान्ह ५ः१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :