महत्वपूर्ण निर्णय गर्दै युवा संगठनको बैठक सम्पन्न

रोहित ढकाल/काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक केन्द्रीय समितिको ८ औं पूर्ण बैठक सम्पन्न भएको छ । महासचिव विप्लवको प्रमुख आतिथ्यता र संगठनका महासचिव बाबुराम राई ‘विवश’ को अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न भएको उक्त बैठकले तत्कालीन केन्द्रीय समिति भङ्ग गरी संगठनका महासचिव विवशको संयोजकत्वमा तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै आगामी पुस २४ र २५ गते बुटवलमा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र पुस १५ गतेसम्म सबै जिल्लाका जिल्ला भेला/सम्मेलन सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

प्रमुख अतिथि विप्लवले बैठकमा उपस्थित युवाहरूलाई प्रशिक्षित गर्दै पार्टीले दिएको जिम्मेवारी तदारुकताका साथ पूरा गर्न निर्देशन दिनुभयो । बैठकका अध्यक्ष विवशले मुलुकको भविष्य निर्माण गर्न युवाहरूको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरूलाई विदेश पलायन हुनबाट रोक्दै मुलुकको भविष्य निर्माण गर्नतिर प्रेरित गर्नुपर्ने बताउनुभयो ।

बैठकमा नेकपाका सल्लाहकार समितिका अध्यक्ष असारे काका, नेकपाका केन्द्रीय सदस्य तथा काठमाठौं जिल्ला इन्चार्ज गुणराज लोहनी, वैकल्पिक केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संगठनका अध्यक्ष बन्धु चन्दको पनि उपस्थिति थियो ।

२०७४ कात्तिक १५ गते मध्यान्ह १२ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :