बालकृष्णलाई रिहा गर– विप्लव

काठमाडौंः गणतन्त्र र संघीयतालगायत उपलब्धीको बाहक आन्दोलनकारी नेताहरुलाई सत्ता र सुविधा दिएर राख्ने तर आन्दोलनकारी कार्यकर्ता तथा जनतालाई दण्डित गर्ने देउवा सरकारको हर्कत घोर आपत्तिजनक, अनैतिक र पश्चगामी रहेको छ । उज्जनकुमार श्रेष्ठको सफाया ठिक थियो कि थिएन ? जनसत्ताको निर्णयहरुलाई कसरी बुझ्ने ? यो अलग छलफलको विषय हो । सजाय नै दिने हो भने श्रेष्ठको मुत्यु वा हत्यामा नेतृत्व हुनुका कारणले प्रचण्ड नै जिम्मेवार छन् । पुस्कर गौतम र बालकृष्ण ढुङ्गेल कुनै कोणबाट पनि दोषी छैनन् । प्रचण्ड र ओली गठबन्धनबाट आत्तिएको भ्रष्ट, अनैतिक र साम्राज्यवादको दलाल देउवा सरकारले ढुङ्गेललाई पक्राउ गरेर प्रचण्डसँग बदला साँध्न खोजेको प्रष्ट देखिन्छ । देउवा सरकारले आँट र नैतिकता भए प्रचण्ड, बाबुराम, किरणलाई गिरफ्तार गर्न सक्नुपथ्र्यो । नेतालाई पोस्ने, कार्यकर्तालाई दण्डित गर्ने यो हर्कत निन्दनीय छ । त्यसप्रकारको हिंसा भड्काउने सरकारी कदमका विरुद्ध नेकपाका महासचिव विप्लवले मंगलबार विज्ञप्ति जारी गर्दै कडा शब्दमा भत्र्सना गर्नुभएको छ । विज्ञप्तिको पूर्णपाठ–

 

२०७४ कात्तिक १५ गते अपरान्ह ५ः२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :