नेकपामा ध्रुवीकृत प्रक्रिया चल्दै

काठमाडौं : सत्तारुढ दल माओवादी केन्द्र चुनावी तालमेल गरिरहेको  अवस्थामा वैतडी जिल्लाका सदस्य तथा पूर्व जनमुक्ति सेना चन्चलबहादुर चन्द र विद्यार्थी नेता रामबहादुर चन्द नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा विदेश विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नवप्रवेशीहरुलाई खादा र अविर लगाएर स्वागत गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै चन्दले माओवादी केन्द्र पूर्णरुपमा संशोधनवादमा पतन भएको र उसले भन्ने गरेका क्रान्ति र समाजवादका कुरा जनता झुक्याउने भ्रमात्मक रहेको प्रस्ट पार्नुभयो । यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै इन्चार्ज कञ्चनले नेपाली जनताकोे मुक्तिको लागि सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट ध्रुवीकृत हँुदै एकता प्रक्रियामा आउनु भएकोमा स्वागत, बधाई तथा शुभकामना दिनुभएको थियो ।

२०७४ कात्तिक १४ गते दिउसो ३ :१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :