दुर्गन्धित राजनीतिक खेल

हुनत संसद्वादीहरूले ।।।राजनीतिमा स्थायी दुस्मन र स्थायी मित्र हुँदैन’ भन्ने दर्शन नै प्रतिपादित गरेका छन् । दलाल संसद्वादमा त नाफाघाटाको राजनीतिमा यसो हुने नै भयो । योजनाबद्धतामा षड्यन्त्रपूर्वक लादिएको राजनीतिक प्रतिक्रान्तिलाई नै परिवर्तन हो भनेर दलाल संसद्वादका गोटीहरू किसिमकिसिमका प्रभुहरूको इसारामा यो रात यता त ऊ रात उता गरिरहेका कलाविहीन नाटकका परिदृश्यहरू देखेर नेपाली जनता वाक्कदिक्क भइसकेका छन् । नेपाललाई दल बदलुवाहरूको देश भनेरकसैले भनिहाल्यो भने त्यो अत्युक्ति हुनेछैन । दलाल व्यवस्थाका गोटीहरू आज माके देखिन्छन् त रातभरमा नयाँ एमाले भइसकेका हुन्छन् । दलाल संसद्वादमा हँसियाहथौडा बोकिटोपलेका पुष्पकमल दाहालहरू रातारात कहिले काब्ग्रेसको रूख चिह्नमा मत मागिरहेका घिनलाग्दा दृश्यहरू देखिन्छन् त कहिले एमालेको सूर्य चिह्न लिएर चुनावमा जान तयार भएका देखिन्छन् । चिह्नहरू आफैँमा केही होइनन्, उनीहरूको मस्तिष्कमा आएको खरनाक रोग मुख्य कुरा हो । यी दृश्यहरू अब नेपाली जनताका लागि सामान्य दैनिकीजस्तै भइसकेका छन् । आस्था, निष्ठा र मूल्यमान्यताको राजनीति सकिएर दलाल संसद्वादमा छिरिसकेपछि आजको माके भोलिकाब्ग्रेस र पर्सि एमाले बन्नु कुनै अनौठो विषय रहेन । विगत केही दिनयता अरू अनौठालाग्दा केही परिदृश्यहरू पनि देखिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नाम भँजाएर रातारात मालामाल हुने प्रलोभनमा पर्दाभित्र ठगी, चोरी, लूटपाट, अपहरण, रकम असुली, विदेश सयर र पार्टीले तथ्य पत्ता लगाएर अनुशासनको कारबाही सुरु गरेपछि रातारात संसद्वादी पार्टीहरूमा छिरेर मुख लुकाउने र बच्ने प्रयास गर्ने खेल आरम्भ भएको दृश्य पनि नेपाली जनताले देख्नुप¥यो । हिजो कुनै समय थियो, माक्र्सवाद लेनिनवाद भज्दै राजा र देउताको पाउमा लम्पसार पर्ने एउटा खतरनाक प्रवृत्ति थियो । राजनीतिमा त्यसलाई सिद्धान्तहीन एमाले भनेर चिनिन्थ्यो । पुष्पकमल दाहालहरू मलेमाबाट च्यूत हुँदै क्रमशः बाबुरामपथमा पतीत भएपछि माके नामको समूह बन्यो र दलमा गाईजात्रा देखाउँदै चार हजारको सब्ख्यामा केन्द्रीय समिति नामको हुल्लडबाज, तस्कर र सुराकीहरूको ग्याब भेला पा¥यो ।

पार्टीको नाउँमा अवैध धन्दाहरू सञ्चालन गर्ने र ओत लाग्न फेरि पार्टीकै झन्डाको दुरूपयोग गर्ने पेसा बनाएकाहरूको समूहजस्तै बनेको माकेले यतिबेला विभिन्न पार्टीमा कारबाहीमा परेकाहरूलाई भित्र्याउने अभियान सञ्चालन गरेर पार्टीलाई देखिने गरी फोहोर थुपार्ने कन्टेनरजस्तै बनाइसकेको छ । त्यसभित्रका बचेखुचेका इमानदार र न्तिकारीहरूले यो कुरा कहिले बुझ्लान् र विद्रोह गर्लान् वा जनयुद्धकालभर जनताको युद्धलाई सामाजिक फासिवाद भनेर दुत्कार्ने र पार्टीलाई जनयुद्धबाट संसदीय खेलमा जाक्ने षड्यन्त्र गरेर त्यही पार्टीमा छिरी फेरि क्रान्तिकारीहरूमाथि शासन गर्ने नारायणकाजीहरूको दुर्गन्धित खेललाई स्वीकारेझँै स्वीकारिरहने हुन्, त्यो बुझ्न भने अब धेरै समय कुर्नुपर्ने छैन । नेपालको संसदीय राजनीतिमा बाबुराम नाम गरेका एकजना उट्पट्याब पात्र केही चटक देखाएजस्तो गरी कहिले माक्र्सवाद परित्याग गरेको घोषणा गर्दै गैरराजनीतिक र आफूजस्तै धुमिल तथा शब्कास्पद छवि भएका पात्रहरू सोहोरेर नौटब्की गर्दै हिँड्ने, कहिले आफूलाई केन्द्रमा राखेर कथित वाम गठबन्धनभित्र छिर्ने अनि कहिले काब्ग्रेसको फेर समातेर चुनाव टिकट सुनिश्चित गर्ने धन्दामा लागेका पात्रहरू पनि देखिएका छन् । यो अरूबढी केही नभएर नेपालमा मरणोन्मुख हुँदै गएको दलाल संसदीय व्यवस्थाको अन्तिम छट्पटी हो भन्ने बुझ्न कुनै कठिनाइ पर्दैन ।

बाबुरामहरूका हर्कतहरू हेर्दा यिनलाई प्रयोग गर्ने मालिक र यिनको पछिपछि दगुर्ने पछुवाहरूको मनोदशा दैनिक कसरी थिग्रिरहेको होला, सामान्य मानिसलाई पनि बुझ्न कुनै कठिनाइ नहुने परिस्थिति आएको छ । यस्तो अस्थिर पात्र र प्रवृत्ति जनयुद्धकालभर जनताको नेता भएर कसरी बस्यो होला, यस्तो पात्रले देशको प्रधानमन्त्रीका नाममा कसरी दिन व्यतीत ग¥यो होला, त्यो भने झनै रहस्यमय बन्दै गएको छ । यही अस्थिर र धुमिल राजनीतिकै बीचमा नेपाल कम्युनिस्ट पार्टीले महान् अक्टोबर क्रान्तिको शतवार्षिकी पारेर यही कात्तिक ८ अर्थात् अक्टोबर २५ तारिखका दिन काठमाडौँमा दसौँ हजार जनसमुदायका बीचमा क्रान्तिको शतवार्षिकी कार्यक्रम भव्य रूपमा मनाउँदैछ । झट्ट हेर्दा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम सामान्य लाग्न सक्छ तर विशिष्ट रूपमा गहिराइ, उचाइ र व्यापकताको हिसाबले यो दिवस यति भव्यतापूर्वक मनाउनुमा ठूलो अर्थ र महत्व छ । नेपालका दलाल संसद्वादका प्यादाहरूले दैनिक नौटब्की गरेर जनतालाई सताइरहेको समयमा अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको भव्यता र सफलता एकीकृत जनक्रान्तिको ।।।फायर’ खोल्ने एक ऐतिहासिक कोसेढुब्गा साबित हुनेछ ।

नेपालका कम्युनिस्ट नामधारी शक्तिहरू धमाधम दलाल संसद्वादका प्यादा बन्द पै ्रतिक्रान्तिका ठेकेदार बनेर क्रान्तिकारी आन्दोलनको रथको पाब्ग्रा उल्टो दिशातिर घुमाइरहेको अवस्थामा दसौँ हजार जनताका बीच खुला रूपमा सशस्त्र सहरी विद्रोहको औचित्य साबित गर्न नेकपाका महासचिव कमरेड विप्लवको सम्बोधन ऐतिहासिक महत्वको साबित हुनेछ भन्नेमा कुनै द्विविधा छैन । यो दिवसले नेपालका क्रान्तिकारी कम्युनिस्टहरूलाई संसद्वादबाट मोहभब्ग गराएर शक्तिशाली एकीकृत क्रान्तिको दिशातिर केन्द्रीकृत गर्न शक्तिशाली धक्काको काम गर्नेछ भन्ने विश्वास लिन सकिन्छ ।
सम्पादकीय राातो खबर साप्ताहिक
२०७४ कात्तिक १४ गते साँझ ६ २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :