रातोखबर प्रकाशनगृहद्वारा आयोजित पत्रकारिता तालिम सम्पन्न

काठमाडौंः रातोखबर प्रकाशनगृहको आयोजनामा सञ्चालित आधारभूत संचार तालिम सम्पन्न भएको छ । बागबजारस्थित हार्दिक होटेलमा ३ दिनसम्म चलेको उक्त तालिम सोमबार सम्पन्न भएको हो । तालिममा देशैभरिबाट २८ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।

नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को प्रमुख आतिथ्यता र नेकपाका पोलिट ब्युरो सदस्य तथा प्रकाशन विभागका निर्देशक अनिल शर्माको अध्यक्षतामा समापन गरिएको उक्त कार्यक्रममा पार्टीका सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, वैकल्पिक केन्द्रीय सदस्य देवनारायण यादवको आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा प्रमुख अथिति सुदर्शनले ‘पत्रकार भनेको अहिलेको प्रविधि र साइबर सेना हुन् तसर्थ कलमको हतियारबाट आफ्नो लक्ष्यलाई उचाइमा पु¥याउन महत्वपूर्ण सेनाको रुपमा भूमिका खेल्न’ प्रशिक्षार्थी पत्रकारहरुलाई निर्देशन गर्नुभयो ।

तीन दिनसम्म चलेको तालिमको पहिलो दिन उजिर मगर, विनोद भट्टराई, प्रभात चलाउने र खेम थपलियाले प्रशिक्षण दिनुभएको थियो । दोस्रो दिन शिव गाउँले, तीर्थ कोइराला र असारे काकाले प्रशिक्षण दिनुभएको थियो भने तेस्रो दिन प्रभात चलाउने, मोहन दुवाल र अशोक सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागीमध्येबाट उत्कृष्ट समाचार लेख्ने रोहित ढकाललाई उत्कृष्ट सम्बाददाता पुरस्कार प्रदान गरियो भने पाका पत्रकार तथा सहिद विपिन पाण्डेका बुबा सुदर्शनराज पाण्डेलाई सम्मान प्रदान गरिएको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र वितरण गर्नु भएको सो कार्यक्रमको स्वागत मन्तव्य रातो खबरका सदस्य झनक श्रेष्ठ र कार्यक्रम संचालन अम्बिका चन्दले गर्नुभएको थियो ।

२०७४ कात्तिक १३ गते अपरान्ह ६ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :