चितवनमा राज्य आतंक

सुशान क्षेत्री / चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले चुनाव खारेजी अभियान तीव्र रुपमा अगाडि बढाइरँहदा प्रहरी प्रशासनले राज्य आतंक मच्चाएको छ । आगामी संसदीय चुनाव खारेजी माग गर्दै आएको नेकपा चितवनका जिल्ला स्तरका नेताकार्यकर्ताहरुको घरघरमा आइतबार साँझ त्रासदीपूर्ण शैलीमा छापामारी परिवारलाईसमेत धम्क्याएको कुरा चितवन नेकपा सेक्रेटरी धुर्ब खड्काले बताउनुभयो । शनिबार साँझ मसाल जुलुससहित चुनाव खारेजी अभियान सशक्त रुपमा सञ्चालन गरेको भोलिपल्ट यस्तो किसिमको कायरतापुर्ण तवरले राज्यद्वारा आतंक मच्चाएको नेकपा चितवनले जानकारी दिएको छ । यसरी प्रशासनले नेकपा चितवनका पुर्ब सेक्रेटरी महेश, चितवन सेक्रेटरी धुर्ब खड्का, एरिया समिति सदस्य मोहन, मित्रकोटी, विध्यार्थी नेता प्रेम चौधरी, युवा नेता किरणलगायतको घरमा छापा हानेको जनाएको छ ।

२०७४ कात्तिक १३ गते दिउसो ३ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :