तीनदिने आधारभूत सञ्चार तालिम समापन गरिंदै

काठमाडौंः रातो खबर प्रकाशनगृहको सञ्चालित तीनदिने आधारभूत सञ्चार तालिमको तेस्रो अर्थात् अन्तिम दिनको कार्यक्रम सम्पन्न हुँदै छ । आइतबार काठमाडौंमा बिहान ११ बजे सुरु भएको कार्यक्रममा पहिलो प्र्रशिक्षकका रुपमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेले आधारभूत सञ्चार तालिम विषयमा प्रशिक्षार्थीहरुलाई दिनुभयो । 

उक्त कार्यक्रममा देस्रो प्रशिक्षकका रुपमा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले साहित्यिक पत्रकारिता विषयमा प्रशिक्षण दिनुभयो । कार्यक्रममा पत्रिकाका सम्पादक सुवेदीले भाषा, राष्ट्रियता र सञ्चार विषयमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रम समापन हुनुअघि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्रमुख अतिथिका रुपमा सञ्चार कर्मीहरुलाई राजनीतिक, वैचारिक प्रशिक्षण दिंदै हुनुहुन्छ । कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सल्लाकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ को पनि सहभागी हुनुहुन्छ ।

समापन कार्यक्रम अध्यक्षता गृहका निर्देशक अनिल शर्माले गर्नु भएको छ । कार्यक्रमको सञ्चाल गृहकी सदस्य अम्बिका चन्द र स्वागत गृहका सदस्य झनक श्रेष्ठले गर्नुभएको छ । तालिममा विभिन्न जिल्लाका ३० जना प्रशिक्षार्थी पत्रकारलाई प्रमाणपत्र प्रदान गरिने जानकारी प्रकाशन गृहले दिएको छ ।

२०७४ कात्तिक १३ गते दिउसो ३ :१७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :