तीनदिने आधारभूत सञ्चार तालिम जारी

काठमाडौंः रातो खबर प्रकाशनगृहको सञ्चालित तीनदिने आधारभूत सञ्चार तालिमको तेस्रो अर्थात अन्तिम दिनको कार्यक्रम जारी छ । आइतबार काठमाडौंमा बिहान ११ बजे सुरु भएको कार्यक्रममा पहिलो प्र्रशिक्षका रुपमा क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेले आधारभूत सञ्चार तालिम विषयमा प्रशिक्षार्थीहरुलाई दिनुभयो । उक्त कार्यक्रममा देस्रो प्रशिक्षकका रुपमा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले साहित्यिक पत्रकारिता विषयमा प्रशिक्षण दिनुभयो । कार्यक्रममा पत्रिकाका सम्पादक सुवेदीले भाषा, राष्ट्रियता र सञ्चार विषयमा प्रशिक्षण दिनुभयो । 

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्रमुख आतिथ्य र उक्त पार्टीका केन्द्रीय सल्लाकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’को आतिथ्यमा तेस्रो दिनको कार्यक्रम जारी रहेकोे हो । गृहका निर्देशक अनिल शर्माले संयोजन गर्नु भएको कार्यक्रममा अतिथि नेकपाका केन्द्रीय सदस्य देवनाराण शाह पनि कार्यक्रममा उपस्थिति रहनुभएको छ । तालिममा विभिन्न जिल्लाका ३० जना प्रशिक्षार्थी र गृहका सदस्यहरुको सहभागिता छ ।

२०७४ कात्तिक १३ गते दिउसो २ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :