सिन्धुलीमा जनसरकार गठन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलीमा जिल्ला जनसरकार गठन गरेको छ । जिल्लाको हरिहरपुर गढि गाउँपालिकामा सम्पन्न एक भेलाले गोपाल ब्लोन प्रमुख रहेको  १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जिल्ला कार्यसमितिको उपप्रमुखमा सविन श्रेष्ठ रहनुभएको छ । ताम्सालिङ  स्वायत्त जनपरिषद प्रमुख माणिक लामाको उपस्थितिमा सम्पन्न भेलामा नेकपाका जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलको विशेष उपस्थिति रहेको थियो । यस्तै नेकपाका बैकल्पीक केन्द्रीय सदस्य देवनारायण शाह, ब्युरो सदस्य कुमार पौडेल र सिन्धुली जिल्ला इन्चार्ज शसि राईको पनि उपस्थिति रहेको थियो । साथै जगत विक प्रमुख रहेको जिल्ला जनप्रतिनिधी सभा पनि गठन गरिएको छ । शनिबार सम्पन्न भेलाले स्थानीय निकायको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुलाई राजिनामा दिन लगाउने र आगामि चुनाव खारेजीको लागि जनतालाई अपिल गर्ने निर्णय गरेको छ । 

२०७४ कात्तिक १२ गते बेलुका ९ : ५६ मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :